मंगोल नेशनल अर्गनाइजेशनका २३८ उम्मेदवारहरु प्रतिनिधि तथा प्रदेश सभाको चुनावी मैदानमा।

Gurkhas Online Tv
Gurkhas Online Tv१६ कार्तिक २०७९, बुधवार

स्रोत: मंगोल भिजन पत्रीकाको फेसबुक पेज

काठमाडौं /आउदो  मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मंगोल नेशनल अर्गनाइजेशनका २३८ जना उमेदवारहरु चुनावी मैदानमा उत्रिएका छन । 
   असोज २३ गते सम्पन्न भएको निर्वाचनको  उम्मेदवारि दर्ता कार्यक्रममा उहाहरुले संगठनको तर्फबाट प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य तर्फको प्रत्यक्ष उमेदवारको उम्मेदवारी दर्ता गराउनु भएका थिए । यो निर्वाचनमा एम.एन.ओले ५० जिल्लामा आफ्नो उमेदवार खडा गरेको  छ । प्रतिनिधि सभा सदस्यतर्फ ९० जनाले उम्मेदवारि दर्ता गराएर चुनावी मैदानमा उत्रिसकेका  छन् । जसमा  प्रदेश न १ मा २६ , मधेश प्रदेशमा ६ , बाग्मतीमा २३, गण्डकीमा १५, लुम्बिनीमा १९ र सुदुर पश्चिम्मा १ जनाले उम्मेद्बारी दर्ता गराएका छन । त्यस्तै प्रदेश सभा सदस्य तर्फ १४८ जनाले एम.एन.ओबाट उम्मेदवारी दिएका छन्। जसमा १ न प्रदेश मा ४४, मधेसमा ६ बागमतीमा ३७, गण्डकीमा २९, लुम्बिनीमा ३१ र सुदुरपश्चिममा १ जनाले उम्मेदवारी दिएका छन्। 
यस पटकको प्रतिनिधि सभा सदस्य निर्वाचनमा संगठनका प्रेसिडेन्ट बुद्धलाल मेचे इलामको क्षेत्र न.१बाट उम्मेदवारीदिनु भएको छ भने केन्द्रीय मुल सचिव थम्मन बहादुर बुढा मगर पाल्पाको क्षेत्र न १ बाट चुनावी मैदानमा उत्रिदै हुनुहुन्छ । त्यस्तै केन्द्रिय सचिव सन्तोष तामाङ झापा क्षेत्र न.१ मा , केन्द्रिय प्रवक्ता दिलिप धिमाल झापा क्षेत्र न. ४ र केन्द्रीय प्रचार सचिव मणि पापो लिम्बु इलाम क्षेत्र न.२ बाट चुनाव लड्दै हुनुहुन्छ ।

प्रतिक्रिया