"मलाई विश्वास गरेर कसैको लोभ,लालच र डर धम्कीमा नपरी अमुल्य मत दिनुहुनेप्रती हार्दिक नमन।"-रिन्छेन तामाङ

Gurkhas Online Tv
Gurkhas Online Tv८ मंसिर २०७९, बिहिवार

रिन्छेन तामाङ, सर्वोच्च सभा सदस्य, MNO/धादिङ क्षेत्र न.१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार

धादिङ/जीवनको कलिलो उमेरमै महामानव ड. गोपाल गुरुङ ज्युको युगान्तकारी मंगोलवाद दर्शन सुन्ने, पढ्ने र उहाँलाइ भेट्ने सुनौलो अवसर प्राप्त हुनु नै एेतिहासिक पल थियो । उहाँकै नेतृत्व र निर्देशनमा राजनैतिक प्रशिक्षण पाएर कार्यकर्ताको रुपमा मंगोलवाद दर्शन बोकेर हिडेको करिब 1 दशकको यात्रा पश्चात् 2079 मंसिर 04 गते सम्पन्न भएको मुलुकको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा चुनाव चिन्ह कुखुराको भाले लिएर धादिङ निर्वाचन क्षेत्र नं 1 मा राजनैतिक चेतना विहिन पारिएका बहुसंख्यक नागरिकको बस्ती बस्तीमा मुक्ति आवाज लिएर मैदानमा उत्रिने एउटा एेतिहासिक अवसर प्राप्त भयो । मैले प्राप्त गरेको यहि अवसरलाइ इतिहासमा बदल्नको निम्ति धादिङ निर्वाचन क्षेत्र नं 1 बाट 882 जना मतदाताको न्यानो सहयोग रहन पुग्यो । तपाइहरुले अनेपेक्षित मत दिएर हौसिन र असोचनिय मत दिलाएर निराश हुन दिनु भएन, बरु राजनीति र महामानव ड. गोपाल गुरुङको मंगोलवाद दर्शनको लडाइ भनेको मुक्ती र स्वतन्त्रता पश्चात् पनि यसको संरक्षणको निम्ति निरन्तर लडिरहने एउटा सौर्य गाथा हो भनेर प्रेरित गर्ने गरि सन्तुलित मत प्रदान गरिदिनु भएको छ यसको निम्ति आम मतदाताहरु प्रती हार्दिक कृतज्ञता प्रकट गर्न चाहान्छु । जीवनको पहिलो निर्वाचन प्रतिस्पर्धाको मैदानबाट अझै आफ्नो परिचयलाइ फराकिलो बनाउने माध्यम, नंया अनुभव र शिक्षा लिने मौका पाए । आगामी दिनको राजनीति यात्रामा यी सबैको सदुपयोग गर्दै आफुमा अझ सुधार र विकास गर्ने प्रण गर्दछु । यस दौरानमा धेरै साथिहरु र नंया सम्बन्धहरु स्थापित हुन पुगेको छ जसलाइ चिरकाल सम्म जिवन्त राखिरहने छु । बिगत 1 दशक देखि नै राजनीतिक यात्रामा सक्रिय भुमिकामा रहेकोले आगामी दिनमा शासकहरु बाट अबोध नागरिकहरु माथि हुने दृश्य तथा अदृश्य बदमासी र बिभेदको अझ शसक्त ढंगबाट खबरदारी गर्दै तपाईं आम मतदाताहरु कै बिचमा रहिरहने बिश्वास दिलाउन चाहान्छु । अन्तमा मलाइ बिश्वास गरेर कसैको लोभलालच र डरधम्किमा नपरी आफ्नो अमुल्य मत दिनुहुने  मतदाताहरु प्रती साथै निर्वाचन अभियानको क्रममा आर्थिक, नैतिक र भौतिक रुपमा मेरो प्रत्येक पाइलाहरुमा सारथि बनेर उभिदिनुहुने सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक सुभेच्छुक, आम मतदाताहरुमा हार्दिक धन्यवाद ब्यक्त गर्दछु । जै मंगोल !

प्रतिक्रिया