"निर्वाचन अवधिभर साथ दिनुहुने र करोडौंमा नबिकाई आफ्नो अमुल्य मत मतदान गर्नु हुने मतदाताहरुलाई हार्दिक धन्यवाद!"-सन्तोष तामाङ

Gurkhas Online Tv
Gurkhas Online Tv८ मंसिर २०७९, बिहिवार

सन्तोष तामाङ, केन्द्रिय सचिव, MNO/झापा क्षेत्र न.१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार

झापा/करिब ४६३ वर्षदेखी वर्णभेदी नीतिको अन्त्य गरि मुलुकमा खाँटी लोकतन्त्र, धर्मनिरपेक्ष, प्रान्तीय सरकार र मानवअधिकारलाई स्थापित गर्न र भ्रष्टाचार रहित बिकासको लागि मंगोल नेशनल अर्गनाईजेशनको तर्फबाट झापा क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्य पदको उमेदवार भएर जनताको माझ जाँदा मलाई निर्वाचन अवधिभर आर्थिक, भौतिक र नैतिक रूपले सहयोग गर्नु हुने मेरा नेता कार्यकर्ता साथिहरू, आफन्त अनि ईष्ट मित्र लगायत आाफ्नो अमुल्य मत दिनुहुने सम्पुर्ण मतदाताहरूलाई सम्मान सहित हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछु।
                आगामी दिनमा मैले पाएको अमुल्य मतलाई संरक्षण गर्दै यहाँहरूसँग सधैं नजिक रहेर आगामी दिनमा पनि जनताकै काममा लागि परिरहने प्रतिबद्धता सहित कति पनि विचलित नभई यो महान अस्तित्वको बैचारिक क्रान्तिमा निरन्तर जोडिरहन पनि हार्दिक अनुरोध गर्दछु।

प्रतिक्रिया