"राज्यकै सबैभन्दा सानो उम्मेदवारका रुपमा प्रदेश सभातर्फ उम्मेदवारी दिनु नै मेरो पहिलो जीत हो।"-क्षृषा तामाङ

Gurkhas Online Tv
Gurkhas Online Tv९ मंसिर २०७९, शुक्रवार

क्षृषा तामाङ, चितवन क्षेत्र न.२'क' का प्रदेश सभा सदस्य उम्मेदवार

चितवन/राजनीति शब्द सानै देखि मेरो मस्तिष्क मा थियो तर राजनीतिको सहि परिभाषा र अर्थबाट भने म अनभिज्ञ थिए । २०७४ सालमा मैले  राजनीतीलाई बुझ्ने मौका पाए र नेपालको अस्थिर राजनीतिक गतिविधि र परिवेशलाई पनि नियाले । विशेष गरि नेपालको राजनीतिलाइ गहिरिएर बुझ्दा साच्चै नै अबको पिढीले राजनीति गर्नै पर्छ भन्ने कुरामा मेरो अडान थियो । यसरी मेरो राजनैतिक यात्रा सुरु भयो । मेरो राजनीतिक यात्रा सुरु भएको ठिक पाच वर्ष पुरा भएको र प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन २०७९\०८\०४ मा उम्मेदवारी दिनु पर्ने परिस्थिति सिर्जना भए पछि न त कसैको करले न त रहरले देशको जटिल परिस्थितिलाई आत्मसात गरेर डा.गोपाल गुरुङ को महान मंगोल दर्शनले गर्दा मुलवासी मंगोलको अस्तित्व र राज्यमा रहेका समस्त लोक समुदायको हकहित र अधिकारको लागि मेरो उम्मेदवारी हो। चितवन क्षेत्र न• २ को '१' बाट मैले ७७१ मत प्राप्त गरे । जित हुन सकेन तर  मैले हार पनि मानेको छैन ,राज्यकै सबैभन्दा सानो उम्मेदवार मैले २५ वर्षको उमेरमा प्रदेश सभा सदस्यको पदमा उम्मेदवारी दिए त्यो नै मेरो पहिलो जित थियो । म संग केही पनि छैन  तर  किनेर पनि किन्न नसकिने अनुभवको संगालो छ । जसले मलाइ अझै अगाडि बढ्ने होसला र साहस प्रदान भएको छ । मलाई मतदान गर्नुहुने सम्पूर्ण मतदाताहरु को मतको सम्मान र कदर गर्दै यो चुनाव अवधी भरी मलाइ आर्थिक, भौतिक र नैतिक तवरले साथ , सहयोग गर्नु हुने सम्पुर्णमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु । साथै आगामी दिनहरुमा पनि हजुरहरुसंग जोडिने छु । अन्त्यमा यस चुनावमा विजयी हुनु हुने सम्पुर्ण उम्मेदवारहरुमा जितको हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्दछु ।

प्रतिक्रिया