'मंगोल मुक्तिका लागि अब भाले बाँसिसक्यो'-सीता घिसिङ

Gurkhas Online Tv
Gurkhas Online Tv१६ मंसिर २०७९, शुक्रवार

लेखक: सीता घिसिङ

मंगोल मुक्तिको लागि अब भाले बाँसिसक्यो 
कति सुत्छौ मंगोल हो? अब बिहानी भइसक्यो२
एक्काइसौं शताब्दी हो यो मंगोलको भाले बाँसिसक्यो।
कति बस्छौ? अन्धकारमा पशु सरह जीवन जिएर २
हामी आफ्नै भुमिमा अस्तित्वविहीन भएर। 
हाम्रो पुर्खाले कति दु:ख कष्ट सहदै आइसक्यो२
भाषा,धर्म, संस्कृति सबै हिन्दुवादले खाइसक्यो ।
अन्याय अत्याचारले चरम सिमा नाघिसक्यो२
एकल ब्राह्मणवादी शासन अन्त्य हुने दिन आइसक्यो ।
उठौं उठौं मुलवासी हो,अब पुर्वमा घाम झुल्किसक्यो२
मंगोल मुक्तिका लागि अब भाले बाँसिसक्यो२

प्रतिक्रिया