'वैचारिक लडाइँ लडौं हातेमालो गरी'-रुपा

Gurkhas Online Tv
Gurkhas Online Tv१६ मंसिर २०७९, शुक्रवार

लेखक:रुपा

वैचारिक लडाइँ लडौं हातेमालो गरी

सन्ध्यामा भाष्कर विलीनपश्चात् पनि पुनः भोलि बिहानीमा सुनौलो किरण छरे सरी 
मंगोलवाद दर्शनरुपी सुर्य उदाई झलमल्ल हुनेछ हेर्नुस्,राष्ट्रका गाउँ,सहरै भरी
त्यसैले आउनुहोस् विचारको लडाइँ लडौं हातेमालो गरी।

संघर्षका कदम चाल्दै अहोरात्र मंगोल गानासंगै दु:ख भुलेर अगाडी बढे सरी
आहा!उमंगले हृदय प्रफुल्ल हुनेछ त्यो दिन दासत्वबाट सन्तती मुक्त गरी
त्यसैले आउनुहोस् विचारको लडाइँ लडौं हातेमालो गरी।


अग्रजबाट पाएका अमुल्य ज्ञानलाई व्यवहारमा उतारी सिद्धान्तमा हामी अडिग रहिरहे सरी
सत्यको वैचारिक संग्राममा पोख्त योद्धा भएर विजयी बन्नेछौँ, नश्लवादीको अन्त्य गरी
त्यसैले आउनुहोस् विचारको लडाइँ लडौं हातेमालो गरी।


अस्तित्वको लडाइँमा फाँसी चढ्न नि तयार हुन्छौं, छाती चाक्लो पारी सिपाही सरी
तर अवगत छ हामीलाई, समाप्त हुँदैछ बाहुनवाद, गर्न पाउने छैनन् तिनले मनपरी।
त्यसैले आउनुहोस्, विचारको लडाइँ लडौं हातेमालो गरी।

मुलवासीको यो भुमीमा हिन्दुवाद,ब्राहमणवादको जरो काटेर मंगोलराष्ट्रवादको स्थापना हामीले गरी
सुख,शान्ति र समृद्ध राष्ट्र निर्माण साथै अस्तित्व पाएर खुशी छाउछ मनैभरी

त्यसैले सुन्नुस् न साथीसङ्गी एतिहासिक यो विचारको लडाइँ लडौं हामी हातेमालो गरी

प्रतिक्रिया