'लोकतन्त्रको आवज,स्थापना र संरक्षण'-रिन्छेन तामाङ

Gurkhas Online Tv
Gurkhas Online Tv१७ मंसिर २०७९, शनिवार

लेखक:रिन्छेन तामाङ

काठमाण्डु/सर्व प्रथम सम्पुर्ण लोकतन्त्रवादी बुवाआमा, दाजुभाइ तथा दिदिबहिनिहरुमा लोकतन्त्र दिवसको हार्दिक मंगोलमय शुभकामना । 
24 अप्रील 2006( 2063 बैशाख 11) गते मुलुकमा लोकतन्त्र घोषणा भएको थियो । मुलुकमा पहिलोपटक पन्चायत शासनको जर्जर परिस्थितिमा लोकतन्त्रको आवाज उठाउने युग पुरुष अमर ड. गोपाल गुरुङ यहि नारा दिए बापत समानता, स्वतन्त्रता र भातृत्वमा आधारित समाज निर्माणको निम्ति वास्तविक नेपालको चिरफार गरेर "नेपाली राजनीतिमा अदेखा सच्चाइ" नामक किताब लेखी चिर निन्द्रामा लिन भएका नेपालका बहुसंख्यक 80 % अहिन्दु मुलबासी मंगोल हरुमा राजनैतिक चेतना भरिदिएको कारण 30 अगष्ट 1988 को दिन भुत राजा बिरेन्द्रको बलमा पन्चायत प्रशासनले पक्रेर महिनौ सम्म डिएसपी कार्ययलमा सोधबुझको नाममा धम्काएर दुइओटा राजद्रोही मुद्दा साम्प्रदायिकता फैलायो र राजगद्दी ताक्यो भनेर 3 बर्षको निम्ति भद्रगोल जेल पठाइएको थियो । अप्रिल 1990 मा नाम मात्रको भएपनि मुलुकमा बहुदल आयो, यसको निम्ति पनि मानव अधिकार र लोकतन्त्र ( Human rights & democracy) चाहाने मुलुकहरुले महत्वपूर्ण भुमिका खेलेको थियो । यसै आन्दोलनको फलस्वरूप 2 वटा राजद्रोही मुद्दामा जेल परेका ड. गोपाल गुरुङले पनि छुट्ट पाउनु भयो । तर उहाको निम्ति जसरी जेल अँध्यारो थियो त्यसरी नै जेल बाहिर खुल्ला आकास मुनि आइपुग्दा पनि जेल कै जस्तो वातावरण सृजित गरेर चुनौतीपुर्ण स्थितिहरु को सामना गर्न पर्‍यो । संसारमा फासिस्टवादी शासकको परिचय निर्माण गरेका हिन्दू आर्यनहरुको जकड र पकडले ग्रस्त नेपालमा पनि फासिस्टवादी शैली कै बंशानुगत राजतन्त्रको हक डग कायमै थियो यसको बिरुद्दमा आवाज उठाउदा 3 जना भुत राजाहरु सङ लड्नु ड. गोपाल गुरुङको निम्ति सोझै पहाडलाइ मुड्किले हिर्काउनु, शितको थोपाले बज्र फोर्न खोज्नु र आगो संग खेल्नु जस्तै थियो तर आफ्नो बल, बुत्ता र बर्कतले भ्याएसम्म सबै चुनौतीको सामना गर्दै ड. गुरुङले 2062 मा दोलखाको जिरिमा सम्पन्न लोकतान्त्रिक अभियानलाइ सम्बोधन गर्दै लोकतन्त्रको आवाज र लोकसमुदायको धुकधुकिलाइ जोडतोड उठाउनु भए पश्चात् मुलुकमा लोकतन्त्र आवाज चौतर्फी उठ्न थालेपछि नेपालको भुगोल र नागरिकको घरदैलो र बस्तीबस्ती मा पुगेर होइन आमाको गर्भ मै राष्ट्र प्रमुख भएर जन्मेका भुत राजा ज्ञानेन्द्रले सत्ता छोडेर मुलुकमा लोकतन्त्र घोषणा भयो ।
तर मुकुलमा आवरणिय ब्यवस्था मात्र परिवर्तन भएको छ, शासक र शासकिय शैली उहीँ पुरानै फासिस्टवादी शैली नै अपनाइएको छ । जसको कारण लोकतन्त्रको स्थापना भएको 14 बर्ष मै यो ब्यवस्था असफल भयो भनेर नागरिकहरुलाई दिगभ्रमित तुल्याउन अल्पसंख्यक 20% सरणार्थी हिन्दु आर्यन बाहुनक्षेत्रीहरु नाटक मन्चन गरिरहेका छन, नेपालको समस्त जनताहरुको ध्यान मोड्नको निम्ति भएका मिडिया, सन्चार माध्यमहरुलाइ अनगल प्रचारप्रसारमा ब्यस्त बनाइदिएका छन । त्याग, तपस्या र बलिदानले स्थापित भएको लोकतन्त्र कुन परिवर्तन र जीवन समर्पनले हासिल भएको उपलब्धि हो भन्ने कुरा जनताले छुट्याउन नसकुन भन्ने उद्देश्यले गुमनाम बनाउन खोजिएको छ । यसको निम्ति लोकतन्त्रको पहिलो आवाज दिने ब्यक्ती ड. गोपाल गुरुङको चेला र मंगोल नेशनल अर्गनाइजेशनको एक इमान्दार कार्यकर्ताको हैसियतले लोकतन्त्रको यो बिरुवालाइ हिफाजत सहित मलजल गर्नु हाम्रो दायित्व हो । किनकी मुलुक अझै सम्म उहीँ फासिस्टवादी सस्कारमा जन्मी हुर्केका शासकहरुको हातमा छ । जसरी १९८९ नोभेम्बर १७ देखि डिसेम्बर २९ सम्म चेकोस्लोभाकियामा शान्तिपूर्ण क्रान्तिबाट सत्ता परिवर्तन भयो। रक्तपातरहित क्रान्तिले पचास वर्ष लामो कम्युनिस्ट सत्ता ढालेर लोकतन्त्र ल्यायो। त्यसरी नै आवरणमा आएको लोकतन्त्रको शुद्धिकरण सहित सस्थागत गर्दै असलि अभ्यास गराउनको निम्ति मुलुकमा रहेको तथाकथित फासिस्टवादी शैलिका कम्युनिस्ट र हिन्दुवादी राजनैतिक दलहरुको पतन असली लोकतन्त्रवादी हरुको जित हुनेछ । जै मंगोल

प्रतिक्रिया