एक मंगोल यात्री
म सुति रहेको मान्छे,
म उठे।
उठे, निदमा पनि उठ्ने गरि।।
मलाई सुम्सुम्याउदै सुताउने दुस्साहस कदापि नगर।
म उठे,जुरुक्क ननिदाउने गरी।।
सबेरै भालेको कुकुरी काँ डाकोसंगै,
मंगोलको धुन संगै।।
मेरा पधेरी र मझेरीसंगै मीत लगाउदै,
देशको मायाँ मुटुमा सजाउदै।
उठेका मान्छे संगै निदाउने लाई उठाउदै।।
घर गाउँ,टोल अनि बस्ती-बस्तीहरुमा,
चेतनाको बिगुल फुक्दै।
खुकुरी तारा अंकित झन्डा फर्फराउदै,
उठे म ,उठे ननिदाउने गरी।।
अल्मलिएका अल्झिएका मेरा समुदायलाई झक्झकाउदै
जातीय विभेद भत्काउदै,
बाहुन्वादको पर्दा च्यातेर
आफ्नो पहिचान देखाउन।
सुन्दर संसार बनाउन आफ्नै सभ्यता
चिनाउन,आफ्नै पहिचान सजाउन।।
उठेको हु,म एउटा मंगोल यात्री,
तय गरेको छु,
हजार माइलको लामो बाटो
एक पाइलाबाट सुरु गर्न।।
उठेको हु म,अध्यारोलाई चिर्न
सुन्दर बिहानी ल्याउन।।