ड.गोपाल गुरुङद्वारा लिखित 'चार मुक्तक'

Dr.Gopal Gurung
Dr.Gopal Gurung२३ मंसिर २०७९, शुक्रवार

लेखक:ड.गोपाल गुरुङ,फाउण्डर प्रेसिडेन्ट,एम.एन.ओ.

चार मुक्तक 

👉️देख्दछु तेर्साइएका यी खाचोका पसारोहरु 
लम्पसार एउटा बाटो जस्तो 
देख्दछु थुपारिएका असमर्थताका बोझहरु 
हिमालमा हिउँ खापिए जस्तो
अनि त एउटा लामो सुस्केरामा"बिउँझ' भन्छु, 
बाँसको सोतेले निभ्दो आगो फुके जस्तो-।


👉️हो यहाँ काडाहरु धेरै धेरै छन् 
खाली पैतालाले टिकिदिनु पर्ने 
हो यहाँ आंसुको त समुन्द्र बनेको छ, 
रित्तो हातले पुछिदिनु पर्ने
तर मेरो आंसुले माया गरेकाहरु हो यो नसम्झ,
छ यहाँ हामीले निस्सासिएरै बाँच्नुपर्ने-।


👉️भन्दछ आकाश "उठाइ टाउको मलाई हेर"
सोध्दछे धर्ती मलाई"माया गर्ने तिम्रो के छ?" 
सोध्दछ हिउँद,गृष्म र वर्षा पनि 
हाम्रो असर अनुभव गर्ने तिम्रो शरिरमा के छ?
अनि भन्दछ हामीसँग जुझ्नेहरु हो, 
हामी जस्तो हृदयीसङ्ग जुझ्ने मुटु पनि छ?


👉️ जुझ रात,दिन र दिन रातसङ्ग जुझे जस्तो 
तब मात्र मीठो थकाई मार्न सक्छौ, 
पड्क चट्टानमा
व्लास्टिन जस्तो 
अनि मात्र घर ठड्याउन सक्छौ, 
नत्र अनन्त अनन्तको यो बचाइ
मृत्युको बचाइ मात्र बाच्न सक्छौ-। 
साभार 
बाडुली 
सम्झना:२, हिक्का:५

प्रतिक्रिया