प्रथम ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन विदुर नगर अधिवेशन सभ्य र भव्यरुपमा सम्पन्न।

Gurkhas Online Tv
Gurkhas Online Tv२४ मंसिर २०७९, शनिवार

कार्यक्रमका क्रममा अतिथी तथा आयोजक टिमले सम्झना स्वरुप खिचिएको ऎतिहासिक तस्बिर

उमा तामाङ/नुवाकोट

मंगोल नेशनल अर्गनाइजेशन विदुर नगरपालिकाको प्रथम अधिवेशनको खुल्ला घोषणा सभा कार्यक्रम शेरबहादुर तामाङको अध्यक्षतामा 10 डिसेम्बर 2022 को दिन विदुर नगरपालिका 9 स्थित कोलोनीमा सम्पन्न भएको छ।

उक्त खुल्ला घोषणा सभा अधिवेशनको मुल आयोजक सभाको संयोजक चक्र बहादुर तामाङको सभाधक्ष्यता र केन्द्रिय सदस्य कासिमा तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।कार्यक्रममा अतिथिहरु नुवाकोट जिल्ला सभाका अध्यक्ष प्रदिक्षा तामाङ लगायत अन्य सदस्यहरु र जिल्लाका विभिन्न सभाहरुका पदाधिकारीहरुको पनि उल्लेख्य सहभागी  रहेको थियो।त्यसैगरी उक्त अधिवेशनको बन्दसत्रबाट शेरबहादुर तामाङको अध्यक्षतामा 14 सदस्यीय नगरसभा  गठन भएको हो। उक्त कार्यक्रम नुवाकोट जिल्ला सभाका सचीव उमा तामाङले संचालन गरेका थिए।

प्रतिक्रिया