मुटु नै माटो हो
हे मेरो दाजु,हे मेरो भाइ नजाउ विदेश।
श्रम र सीप जोडेर पार उज्यालो स्वदेश।।
नौडांडा पारी तिमीलाई सम्झी यी आमा रुंदैछिन्।
मुटुमा गाठो पारेर आँखा आसुले धुंदैछिन् ।।
हिमालकी रानी मायाकी खानी यी आमा हाम्री हुन् ।
यात्रुलाई डाक्ने, मायाले ढाक्ने यी आमा राम्री छिन् ।।
जुन घामजस्ता बुढा र बुढी डांडाका माथी छन्।
बाँझो छन् मेला बालबच्चा मात्रै आमाका साथी छन् ।।
बिनायो, मादल,मुर्चुङ्गा खोज्छन् तन्नेरी मायालु।
शून्य भो गाउँ आकाश माथि ढाकियो बादलु।।
खोला छन् यहाँ, नाला छन् यहाँ उज्यालो ज्योती छन्।
खनेर हेर यो माटो मुनि हिरा र मोती छन्।।
के हुन्थ्यो मिठास पराइसंग मागेर खाएको।
मनले गुन, रन र वन कोइलीले गाएको।।
मन र मान मिलेर बन्छ मुटु नै माटो हो।
पसिना दान जुटाई खन पहाडी बाटो यो।।