फुल

Gurkhas Online Tv
Gurkhas Online Tv२६ मंसिर २०७९, सोमवार

लेखक: मतिना सुनार

फुल 

बगैंचामा बसिरहन्छे मुसुमुसु हाँस्छे।
कैले दायाँ कैले बायाँ हेर्दौ हेर्दै नाच्छे।।

केके बोल्छे? बुझिंदैन। के होला त्यो मनमा?
निकै हर्षित भइरहन्छे पाउँदा फुलको जन्म।।

तिमीलाई देखेपछी चिरबिर गर्छन् चरा।
बसन्त ऋतु आउँदा हुन्छिन् हराभरा।।

भमरा र पुतलीहरु तिम्रै वरीपरी।
भमराले गुनगुनाउँदा नाच्छे घरिघरि।।


लालुपाते,मखमली,चमेली र गोदावरी।
के भनेर बोलाउँ खै? नाम गरि थरी।।


टन्टलापुर घाम लाग्दा गर्छिन् न्यास्रो मुख।
रमाउँछिन् हावा आउँदा,हराउँदा दु:ख।।

प्रतिक्रिया