'फर्की आउ आमा'- अस्मिता परियार

Gurkhas Online Tv
Gurkhas Online Tv२७ मंसिर २०७९, मङ्गलवार

लेखक:अस्मिता परियार(FSS Satyawati Sec.,Damauli)

फर्की आउ आमा

आमा तिम्रो मुहार छ पुर्णिामाको चादनीमा। 
तिमी बिना एक्लै भाछु,आज आँगनीमा।।

कति खुशी थिएँ आमा तिम्रो कोखबाट जन्म लिएर। 
हाँसी खुशी जन्म दिएपनि आज छोडी गयौ पीडा दिएर।।

रहर लाग्छ स्कुल जान आमा तिम्रो कोमल हात समाएर।
बाँच्न मन लागेको छ आमा,तिम्रो साथमा रमाएर।।

याद आउँछ आमा तिम्रो फुलबुट्टे चोली त्यो।
कान पनि आत्तिन्छन् आमा सुन्न सुमधुर बोली त्यो।।

तिम्रो तस्बिर हेर्दै आमा घन्टौं सम्म टोलाएछु।
सपनीमा देखेँ तिम्लाई बिपनीमा बोलाएछु।।

संगै हुँदा राती तिम्ले सुनाउथ्यौ होला परीको कथा।
पूरा गर्यौ स्वार्थ आफ्नो बुझिनौ आमा मेरो व्यथा।।

कति खुशी हुंनेथिएँ होला आमा रमाउँदै म तिम्रो साथमा।
कस्तो भाग्य लेखिदिएछ भावीले पनि अभागी यो माथमा।

छोडी गयौ आमा तिमी रोज्यौ ठूलो सहरलाई।
साकार गर्यौ आफ्नो ईच्छा मारिगयौ मेरो रहरलाई।।

दैव पनि निष्ठुरी रहेछ आमा तिमीलाई मबाट टाढा लगिदियो।
आँसु पनि अटेरी रहेछ आमा नबग भनेपनी बगिदियो।

फर्की आइदेउ छिट्टै आमा त्यागी त्यो निष्ठुरी सहरलाई।
साथ मात्र देउ आमा बरु त्याग्छु मेरा सबै रहरलाई।।

हैलैहेलामा बाँचेछु आमा तिम्रो साथ पाउने आशमा पनि।
आमा! आमा!! भन्ने शब्द मात्र घन्किनेछ मेरो एक मुठी सासमा पनि।

प्रतिक्रिया