म त्यो समाजमा हुर्केको केटो, दिउँसो घरको काम मन लागे गर्ने, नलागे नगर्ने, जहाँ रमाइलो छ त्यहाँ जान पाइएन भने , सामेल हुन सकिएन भने लाग्थ्यो म साह्रै अभागी नै रहेछु । रातभरि कहिले जुवा तास खेलिन्थ्यो, कहिले रोधिघर धाउँदै हिडिन्थ्यो, अनि यस्तो गीत गाउँथ्यौं "अभागीको यस्तै छ जुनी, दाउरा घाँस, जहिले पनि, नगरी नहुनी " ।
तर त्यो सब गलत बुझाई रहेछ । वास्तवमा त्यसरी बरालिँदै हिड्नु, अर्काको बारीमा फलेको फलफूल चोरेर खान पाउनु, टाढा टाढाको आफन्तहरू लाई ३०/४० साल सम्म भेट नहुँदा पनि याद गरिरहनु, ख्याल गरिरहनु, सित्तैमा वन जंगलको राज गर्नु, खोला नालामा चाहे जति रजाइँ गर्नु, दु:ख सुखमा एउटै थलोमा उभिन पाउनु भनेको संसारकै एउटा नमूना र उत्कृष्ट भुमी र समाजमा राज गर्न पाउनु हो भने हामी कसरी दु:खी भयौं ? कसरी अभागी भयौं ?
वास्तवमा हामी नेपाली धेरै धनी र सुखी थियौं र छौं । नत्र किन संसारकै धनी भन्दा धनी र बिकसित भन्दा बिकसित देशमा आधुनिक शैलीमा जीवन बिताउन पाउँदा पनि हरेक नेपालीहरुलाई आफ्नै गाउँ घर, समाज र देशको प्यारो लाग्थ्यो त ? किनभने हाम्रो समाज त्यस्तो समाज हो जहाँ तिर्खा लाग्दा, पानी सित्तैमा , भोक लाग्दा चिया नास्ता सित्तैमा, जाँडरक्सी सित्तैमा, खाईन्छ, खुवाईन्छ । जति नै काटाकाट परेर झगडा गरे पनि, मर्दा र पर्दा एकाअर्काले साथ दिन्छौं । त्यसकारण हामी गरिब पनि होईनौं रहेछ, दुखी पनि होईनौँ रहेछ, अभागी पनि होईनौं रहेछ । मात्रै देश चलाउने शासकहरु अगतिला खराब परेको रहेछ । एकदमै पृथक संस्कार, संस्कृति, रितिरिवाजहरुले भरिभराउ समाज र देशलाई समृद्ध बनाउन र संसारभरि तथाकथित धन आर्जन गर्न पुगेका सबै नेपालीहरुलाई स्वदेश फिर्ता बोलाउन सबै नागरिकले हरेक क्षेत्र बाट हुने गरेको भ्रष्टाचार रोक्न आफैं बाट शुरु गरौं ।
आफ्नो क्षणिक व्यक्तिगत स्वार्थको लागि समाजमा बिकृती फैलाउने र राष्ट्रलाई घात पुर्याएर सयौं बर्षसम्म देशलाई पछाडि धकेल्ने काम नगरौं । त्यसो गरेपछि , मात्रै कर्मचारी , नेता, व्यापारी अनि मजदुर सबै क्षेत्र बाट हुने भ्रस्टाचारको अन्त्य हुनेछ, देश बन्नेछ ।बिहान चारोको खोजिमा गएका चराहरु बेलुकी आफ्नै गुँडमा फर्केन्छ भने जै हामी परिवारको सुखको निम्ति बिदेशी भुमिमा श्रम बेच्न गएकाहरु अब आफ्नो भुमी मा भाबी सन्ततिको निम्ति केही गर्नु पर्छ । आफ्नो मुलुक आफै चलाउनु पर्छ । धन्यवाद!