मंगोल नेशनल अर्गनाइजेशनको ३४ औं स्थापना दिवस कार्यक्रम देश तथा विदेशमा सभ्य र भव्यरुपमा सम्पन्न।

Gurkhas Online Tv
Gurkhas Online Tv१८ पुष २०७९, सोमवार

तस्बिर: झापा र दाङ जिल्लामा आयोजित कार्यक्रमका क्रममा लिइएका तस्बिरहरु

मंगोल नेशनल अर्गनाइजेशनले ३३ औं बसन्त पार गरेर ३४ औं बसन्तमा प्रवेश गरेको सु-अवसरमा दिनांक ०१ तारिख नव वर्ष २०२३, आईतबारको दिन देश तथा विदेशमा मंगोल नेशनल अर्गनाइजेशनको स्थापना दिवस कार्यक्रम-२०२३ सभ्य र भव्यरुपमा सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको छ । 
झापा जिल्लामा मंगोल नेशनल अर्गनाइजेशनको ३४औं स्थापना दिवस कार्यक्रमको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अथिति एम.एन.ओका प्रेसिडेन्ट बुद्धलाल मेचे र विशिष्ट अथिति केन्द्रीय सर्वोच्च सभा सचिव सन्तोष तामाङ विशेष उपस्थितिमा एम.एन.ओ लाई निकै लामो समय देखि माया गर्ने पुराना मंगोल कार्यकर्ता साथै प्रतिनिधि तथा प्रदेश सभाका उम्मेद्वार प्रतिनिधिहरुलाई सर-सम्मान कार्यक्रम गरि आजको कार्यक्रम झापाको धुलाबारी, उद्योग वाणिज्य हलको प्राङ्गणमा भव्यताको साथ सम्पन्न भएको छ।

यसैगरी  मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँका अध्यक्ष प्रेम बहादुर थापा मगरको सभाध्यक्षता र केन्द्रिय सदस्य प्रविना थापा मगरको प्रमुख आतिथ्यतामा साथै गण्डकी प्रदेश सभाका सदस्य भक्त बहादुर गुरुङक विशिष्ट आतिथ्यतामा र व्यास न.पा.-३ स्थित तमु सुधार समाज भवन,दमौलीमा  सम्पन्न भएको थियोे ।

राजधानी काठमाडौंको नया बसपार्कस्थित तमु छ्योदी ह्युल हलमा बागमती प्रदेश सभाको आयोजनामा बागमती प्रान्तीय सभाका अध्यक्ष राजेन्द्र तामाङको सभाधक्ष्यतामा र  प्रमुख अतिथी केन्द्रिय प्रचारप्रसार सचिव मणिपापो लिम्बूको प्रमुख आतिथ्यतामा र केन्द्रिय वरिष्ठ  सदस्य थुप्तेन लामा शेर्पाको विशिष्ट आतिथ्यतामा साथै रिन्चेन तामाङ  लगायत थुप्रै अतिथिका साथ कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको हो। 

गोरखमा पनि एम.एन.ओ.जिल्ला सभा गोरखाको आयोजनामा केन्द्रिय सदस्य सोम बहादुर तमुको प्रमुख आतिथ्यतामा र गण्डकी प्रदेश सभाका सल्लाहकार देव थापा मगरको विशिष्ट आतिथ्यतामा स्थापना दिवस कार्यक्रम सम्पन्न भएको थियो।
साथै दाङ जिल्लाको तुलसीपुर, पाल्पा, नवलपुर, मोरङ इत्यादी जिल्लाहरुमा र एम.एन.ओ.प्रवास सभा यु.के.को आयोजनामा समेत एम.एन.ओ. ३४ औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ।

प्रतिक्रिया