MNO प्रवास सभा कतारले संगठनको ३४ औं स्थापना दिवस कार्यक्रम र आफ्नो चौथो अधिवेशन गर्यो सम्पन्न।

Gurkhas Online Tv
Gurkhas Online Tv१ माघ २०७९, आइतवार

कार्यक्रमका क्रममा लिइएको एतिहासिक तस्बिर

काठमाडौं / मंगोल नेशनल अर्गनाइजेशन प्रवास सभा कतारले संगठनको ३४ औं स्थापना दिवस कार्यक्रम संगै आफ्नो चौथो अधिवेशन कार्यक्रम सम्पन्न गरेको छ । 
  २०२३ जनवरी १३ शुक्रबारको दिन  दोहा कतारको एसियन टाउन स्थित रेड चिल्ली रेस्टरन्टको सभा हलमा सम्पन्न भएको अधिवेशनले  विनोद शेरपन्जा मगरको अध्यक्षतामा ३१ सदस्यीय प्रवास सभा सर्वसम्मतले  चयन गर्‍यो ।अधिवेशनले सभाको सचिवमा राजा तामाङ , कोषाध्यक्षमा नेत्र राना मगर,सह-सचिवमा कमल राई ,प्रचार सचीव श्याम रोका मगरलाई चयन गरेको थियो । त्यस्तै प्रमुख सल्लाहकारमा देबिन्द्र गर्बुजा मगर, सल्लाहकारहरुमा मित्र घर्ती मगर ,जित बहादुर लामा ,अमृत रोका मगर ,लाल बहादुर तामाङ चयन हुनुभयो । त्यस्तै कार्यक्रमले होम राइको संयोजकमा अनुशासन सभा निर्माण गरेको छ । जसको सदस्यहरुमा शिव राना मगर , नवराज रोका मगर , प्रदिप लिम्बू , प्रकाश चन्द्र लामा , इन्द्र राज सिङ्ताम तामाङ ,र लखन बुढा मगर रहनु भएको छ भने बुद्धि मान लिम्बुको संयोजकमा आर्थिक सभा समेत निर्माण गरिएको छ ।आर्थिक सभाको सदस्यहरुमा सुर्यमान दोङ तामाङ , ओम घले ,सोम बा लामा र चम थाजाली मगर रहनु भएको छ । त्यस्तै तेज बा तामाङको संयोजकमा सांस्कृतिक सभा समेत निर्माण गरिएको छ ।जसको सदस्यहरुमा लस्ल बा तामाङ , नारायण गाहा मगर , बरिन राजबंसी र ढान बा गोले तामाङ रहनु भएको छ । कार्यक्रमले प्रवास सभाले गर्ने हरेक कार्यक्रमबारे रिपोर्टिङ गर्ने बारेमा एक रिपोर्टिङ सभा समेत निर्माण गरेको छ । रिपोर्टिङ सभामा श्याम रोका मगर, ओम प्रकाश पुन मगर,सिङ्घा ब.तामाङ, दिवस रोका मगर,सुर्य ब.तामाङ,सन्त कुमार राई, मन ब.गुरुङ, जुदा ब. पुन मगर, सन्जय कुमार गोले, गजेन्द्र सुनार, राम ब.थापा मगर लगायत रहनु भएको छ । 
कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले संगठनको ३४ औं स्थापना दिवसको शुभकामना दिदै संगठनको बारेमा बताउनु भएको थियो ।
प्रवास सभा कतारका पुर्वअध्यक्ष  देबिन्द्र गर्बुजा मगरको अध्यक्षतामा भएको कार्यक्रम पुर्व सचीव राजा तामाङले संचालन  गर्नु भएको थियो ।

प्रतिक्रिया