संगठनले एकैदिनमा गुमायो दुई होनहार मंगोल योद्धाहरु।

Gurkhas Online Tv
Gurkhas Online Tv२ माघ २०७९, सोमवार

बायाँ : चन्द्र कुमार साम्बा,दायाँ :विष्णु थापा मगर

झापा/मंगाेल नेशनल अर्गनाइजेसन दमक नगरसभाका सदस्य दमक -४निवासी चन्द्र कुमार  साम्बाकाे आज केही समय अघि मात्र असामयिक निधनभएको खबरले मंगाेल नेशनल अर्गनाइजेशन सिंगो संगठन स्तब्ध र मर्माहत  बनेको छ । समाजमा एक समाजसेवी, मिलनसार, शालिन स्वभावले परिचित वहाँले मंगाेल नेशनल अर्गनाइजेशनको तर्फबाट २०७९ काे स्थानीय तहको निवार्चनमा दमक -४ को वडाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको थियो । वहाँलाई गुमाउनुपर्दा वहाँको परिवारले अभिभावकत्व, समाजले एक समाजसेवी व्यक्तित्व गुमाएको र संगठनलाई अतुलनीय क्षती पुगेको महसुस गरेका छौँ ।शोकको यस दुखद घडीमा सम्पूर्ण शोकाकुल परिवार प्रती गहिरोसमवेदना व्यक्त गर्दै चन्द्र कुमार साम्बा प्रती दमक मंगोल नेशनल अर्गनाइजेशनका नेता तथा कार्यकर्ताहरुले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यसरी नै पाल्पाको रम्भा गा.पा.-०४, हुमिन धाम निवासी MNO जिल्ला सभा पाल्पाका सचिवालय सदस्य होनहार इमान्दार मिलनसार जुझारु मंगोल योद्धा विष्णु थापा मगरको अल्पायुमै असामयिक निधन भएको छ र मृतप्रति चिरशान्तिको कामना गर्दै सोकाकुल परिवार आफन्त इष्टमित्र प्रति धैर्यधारण गर्न सक्ने प्राकृतिक शक्ति प्रदान होस् भनी MNO का नेताहरु उहाँको अन्त्येष्टिमा उपस्थित समेत भएका थिए।

प्रतिक्रिया