झापामा एम.एन.ओ.का कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न।

Gurkhas Online Tv
Gurkhas Online Tv७ माघ २०७९, शनिवार

स्रोत:मंगोल भिजन पत्रीका

झापा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाको आयोजनामा एक दिने कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
२१ जनवरी २०२३सनिवार को दिन झापाको मेचिनगर-१० धुलाबारी स्थित मेची उद्योग वाणिज्य संघ को हलमा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम  सम्पन्न भएको हो।
कार्यक्रम जिल्ला सभा झापाकी अध्यक्ष बानिरा मेचे को अध्यक्षतामा र संगठनका वर्तमान प्रेसिडेन्ट बुद्धलाल मेचे को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
सम्पन्न प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ पश्चात् थकान मेटिरहेको कार्यकर्ता हरु लाई थप उत्साह र उमंग मिलोस भन्ने उद्देश्य ले उक्त कार्यक्रम को आयोजना गरिएको जिल्ला सभा झापाकी अध्यक्ष बानिरा मेचे ले मंगोल भिजन लाई जानकारी गराउनु भएको छ।कार्यक्रम मा विशिष्ट अतिथी केन्द्रीय सचीव सन्तोष तामाङ,काेषाध्यक्ष आङ्दावा शेर्पा ,प्रवक्ता दिलिप धिमाल,केन्द्रीय सर्वोच्च सभा सदस्यहरु अक्कल तामाङ,स्याम लिम्बू  , र रिन्छेन तामाङ,केन्द्रीय सदस्य दिलबरी राई,वाग्मती प्रान्तीय सभा अध्यक्ष राजेन्द्र तामाङ,प्रान्तीय सभा १ का सचीव सागर राई,वाग्मती प्रान्तीय सभा सह -सचीव कर्मा तामाङ,रसुवा जिल्ला सभा का अध्यक्ष बिकास तामाङ र काभ्रे जिल्ला सभाका अध्यक्ष कमल लोप्चन ले आफ्नो मन्तव्य राख्नुभएको थियो। 
कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथी ले अब मुलुक बाट गलत साेँच, गलत संस्कार को अन्त्य संगै सामुहिक स्वार्थ विपरीत निजि स्वार्थको पछि लाग्ने हरु को पतन भएर जाने बताउनु भएको छ। साथै सकारात्मक सोचाइ राख्न र सबैको हित अनुकुल कदम चाल्न कार्यकर्ता लाई संकेत गर्नु भएको छ।
कार्यक्रममा संगठनका वरिष्ठ केन्द्रीय सदस्य शान्ति लाल धिमाल , केन्द्रिय सदस्य सान बहादुर मेचे ,केन्द्रिय सल्लाहकारदय पदम नेम्बाङ , दिल बहादुर लिङ्खिम ,  १ न प्रान्तीय सभाका सदस्यहरु देब नारायण धिमाल , लासिम हाङ लिम्बू , राज कुमार लिम्बू , प्रकाश हाङ किम , श्रीप्रसाद लिम्बू लगायत जिल्ला सभाका पदाधिकारी , विभिन्न गाउँ नगर सभाका प्रतिनिधि एबम मंगोल शुभ चिन्तकहरुको उल्लेखनीय उपस्थित रहेको थियो ।
बिधिवत रुपमा समापन भएको कार्यक्रम मा स्वागत मन्तव्य जिल्ला सभा सदस्य निलम राई ले राख्नु भएको थियो भने सचीव सागर दर्जी ले संचालन गर्नु भएको थियो।

प्रतिक्रिया