"२०२०को दशक नेबालका मुलवासी मंगोलहरु शासक बन्ने दशक हो।"-बुद्धलाल मेचे

Gurkhas Online Tv
Gurkhas Online Tv१० माघ २०७९, मङ्गलवार

तस्बिर: बुद्धलाल मेचे, प्रेसिडेन्ट, MNO

 झापा/मंगोल नेशनल अर्गनाइजेशन कमल गाउँसभा, दमक नगरसभा र गौरादह नगरसभाको संयुक्त आयोजनामा दमक बजारको याक्थुम चुम्लुङ भवनमा सम्पन्न कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै संगठनका प्रेसिडेन्ट बुद्धलाल मेचे ज्युले २०२० को दशक नेबालका मूलबासी मंगोलहरु शासक बन्ने दशक बताउनु भएको छ । साथै उहाँले नेबालका मूलबासी मंगोलहरुले न्याय पाउन महामानव ड. गोपाल गुरुङ ज्युलाई न्याय गर्नुपर्ने कुरा जगजाहेर गर्नुभयो । 
 
    २३ जनवरी सोमबारका दिन दमक-६ स्थित याक्थुम चुम्लुङ भवनको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अतिथिहरु इलाम जिल्ला सचिव सुन्दर वजी, काभ्रे जिल्ला अध्यक्ष कमल लोप्चन, रसुवा जिल्ला अध्यक्ष विकास तामाङ,१ नं. प्रान्तीय सदस्य राजेन्द्र चेम्जोङ, वाग्मती प्रान्तीय सभाका सहसचिव कर्मा तामाङ र अध्यक्ष राजेन्द्र तामाङ, केन्द्रिय सर्वोच्च सभाका सदस्यहरु रिन्छेन तामाङ, श्याम लिम्बू, सान मेचे, विशिष्ट अतिथी संगठनका वरिष्ठ केन्द्रिय सदस्य शान्तिलाल धिमालले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमा  झापा जिल्ला सचिव सागर दर्जी, जिल्ला सदस्य प्रेम लिम्बू, झापा क्षेत्र नं. ५ प्रदेश २ का उम्मेदवारी दिनुहुने रामलाल राई, समानुपातिक उम्मेदवारि दिनुहुने गजेन्द्र मादेनको आतिथ्यता रहेको थियो । 

    दमक नगरसभा अध्यक्ष दिपेश राईको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कमल गाउँसभा अध्यक्ष हिजन राईले स्वागत मन्तव्य राखेका थिए भने कमल गाउँसभा र दमक नगरसभाका सचिव विजय लिम्बू र अर्जुन तामाङले संयुक्त रुपमा संचालन गरेका थिए ।

प्रतिक्रिया