MNO जिल्ला सभा तनहुँको तेस्रो एतिहासिक जिल्ला अधिवेशन मार्चमा

Gurkhas Online Tv
Gurkhas Online Tv१० माघ २०७९, मङ्गलवार

बैठक पश्चात् खिचिएको सामुहिक तस्बिर

सुस्मा आले,तनहुँ/तेस्रो  ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन तनहुँ जिल्ला अधिशनको खुला घोषणा सभा २०७९/१२/०१ तदानुसार 15th Mar, 2023 मा।
मिति २०७९/१०/०९  तदानुसार 23 Jan., 2023 को दिनमा मंगोल नेशनल अर्गनाइजेशन,जिल्ला सभा तनहुँका पुर्व अध्यक्ष प्रेम बहादुर थापा मगरको सभाध्यक्षतामा र मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सभाका केन्द्रिय सदस्य प्रविना थापा मगरको प्रमुख आतिथ्यतामा बसेको बैठकबाट मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँ विघटन पश्चात् प्रेम बहादुर थापा मगरको संयोजकतामा तेस्रो ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन तनहुँ जिल्ला  अधिवेशनको मुल आयोजक सभा गठन भएको हो। उक्त कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय तहका नेताहरुको उपस्तिथि रहने जानकारी गरिएको छ साथै तेस्रो एतिहासिक मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँको अधिवेशनको खुल्ला घोषणा सभा भव्य र सभ्य रुपमा सफल पार्नको निम्ति स्वदेश तथा विदेशमा रहनु हुने महानुभावहरुमा मुल आयोजक सभाले हार्दिक अपिल गरेको छ।

प्रतिक्रिया