वैदेशिक रोजगारका सिलसिलामा साउदीमा रहेका मंगोल योद्धा तामाङको निधन

Gurkhas Online Tv
Gurkhas Online Tv१२ माघ २०७९, बिहिवार

मृतक तामाङको शोक सभामा मौनधारण गर्दै मंगोल नेताहरु

काठमाण्डु/ विगत केही समय अघि देखि साउदीलाई कर्म थलो बनाई वैदेशिक रोजगारमा रहनुभएका मंगोल नेशनल अर्गनाइजेशन काभ्रे जिल्ला सभाका अध्यक्ष कमल तामाङको ठूलो बुवाको छोरा, काभ्रे जिल्लाको तेमाल निवासी  मंगोल नेशनल अर्गनाइजेशन(MNO)का सदस्य ४५ वर्षीय सुनिल कुमार लामा(तामाङ)को अल्पायुमा २०७९ साल माघ २ तदानुसार 16th January,2023का दिनमा असामयिक निधन भएको छ। 

आज 26th January,2023 का दिन उहाँको अन्त्येष्टिका क्रममा संगठनका केन्द्रिय सदस्य सोम बहादुर गुरुङले उहाँको पार्थिव शरीर माथि संगठनको झण्डा ओढाइ विदाइको जै मंगोल सहित अन्तिम विदाइ गरि समवेदना समेत प्रकट गरेका थिए। उक्त दु:खद घडीमा मंगोल नेशनल अर्गनाइजेशन, गण्डकी र बागमती प्रदेशका विभिन्न जिल्लाका केन्द्र,प्रदेश तथा स्थानीय तहका पदाधिकारीहरु समेत उपस्थित भइ शोकाकुल आफन्तहरु तथा परिवारका सदस्यहरुलाई धैर्य धारणा गर्ने शक्ति मिलोस् भन्दै मृतक सुनिल कुमार लामा प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नु भएका थिए।

प्रतिक्रिया