एम.एन.ओ.का केन्द्रिय सदस्य बुढा मगरलाई उपचारका लागि आर्थिक सहयोग प्रदान

Gurkhas Online Tv
Gurkhas Online Tv१९ माघ २०७९, बिहिवार

तस्बिर: आर्थिक सहयोग हस्तान्तरण गर्दै जितन पुन र मन बहादुर पुन

मन बहादुर पुन/दाङ, मंगाेल  नेशनल  अर्गनाइजेशन  केन्द्रीय सभाका  सदस्य रतन बहादुर बुढा मगर केही समयदेखि प्यारालाइसिसका कारण उपचाररत हुनुहुन्छ उहाँको उपचारको लागि मंगोल नेशनल अर्गनाइजेशनका नेताहरुद्वारा सहयोगस्वरुप रु-४९,९५५ ( उनन्पचास हजार नाैं सय पच्पन्न रुपैयाँ आज 02 फेब्रुअरी 2023 का दिनमा उहाँलाई हस्तान्तरण गर्नु भएको छ। 
सहयोगदाताहरु क्रमशः लुम्बिनी प्रान्तीय सभाका सदस्य मन बहादुर पुनबाट रु- ५,०००(पाँच हजार),सल्लाहकार शाेभाराम बुढा  मगरबाट रु-५,०००(पाँच हजार),MNO जिल्ला सभा दाङका पदाधिकारीहरु,MNO घाेराही नगर सभा पदाधिकारी तथा मंगाेल शुभचिन्तकबाट रु-२१,७४५( एकाईस हजार सात सय पैतालीस रुपैयाँ), MNO तुलसीपुर नगर सभाका पदाधिकारीहरुबाट रु १५,२१०(पन्ध्र हजार दुई सय दस रुपैयाँ), MNO तुलसीपुर-०३,वडा सभा पदाधिकारीहरुबाट रु-३०००(तीन हजार रुपैयाँ) बाट सहयोग उठाई MNO केन्द्रीय सभाका सदस्य तथा अनुशासन विभागका सदस्य लाल बहादुर दर्लामी र MNO लुम्बिनी प्रान्तीय सभाका बरिस्ठ सदस्य दिपक थापा मगरयकाे उपस्थितिमा उक्त रकम लुम्बिनी प्रान्तीय सभाका सदस्य मन बहादुर पुन साथै MNO जिल्ला सभा दाङको चाैंथाे अधिवेशनको मुलआयोजक सभाका सचिव जितन पुन मगरले बिरामी बुढा मगरलाई हस्तान्तरण गरेका थिए। सम्पूर्ण सहयोगी मनकारीहरुलाई बुढा मगरले हार्दिक धन्यवाद व्यक्त गरेका थिए।

प्रतिक्रिया