नुवाकोटमा एकदिने मंगोल राष्ट्रवादसम्बन्धी प्रशिक्षण तथा गाउँ सभा गठन सम्पन्न।

Gurkhas Online Tv
Gurkhas Online Tv२२ माघ २०७९, आइतवार

प्रमुख अतिथी रिन्छेन तामाङ प्रशिक्षण प्रदान गर्दै

नुवाकोट/मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा नुवाकोटको आयोजनामा एकदिने प्रशिक्षण साथै पन्चकन्या गाउँपालिका सभा गठन सम्पन्न भएको छ।

जिल्ला सभाका अध्यक्ष प्रदीक्षा तामाङको सभाध्यक्षता र सर्वोच्च सभाको सदस्य रिन्छेन तामाङको प्रमुख आतिथ्यतामा 4 फेब्रुअरी 2023 को दिन पन्चकन्या गाउँपालिका वडा नं 4 मा सम्पन्न भएको उक्त कार्यक्रममा लोकसमुदायको बाक्लो उपस्थिति थियो।प्रमुख अतिथि तामाङले मंगोल नेशनल अर्गनाइजेशनबारे परिचयात्मक प्रशिक्षण दिएका थिए भने विशेष  अतिथि बागमती प्रान्तीय सभाको सचीव कुमार तामाङ र अतिथि जिल्ला सदस्य सुरेन्द्र तामाङले संगठनबारे जानकारीमुलक मन्तव्य राखेका थिए।उक्त प्रशिक्षण पश्चात् लाल चन्द्र रुम्बाको अध्यक्षतामा 21 सदस्यीय सभा गठन गरिएको थियो।कार्यक्रममा पालिका सल्लाहकार कर्मा तामाङले स्वागत मन्तव्य राखी कार्यक्रम जिल्लासभाको सचीव उमा तामाङले संचालन गरेका थिए। 

प्रतिक्रिया