फागुन १३ मा मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा सुनसरीको जिल्ला अधिवेशन हुँदै।

Gurkhas Online Tv
Gurkhas Online Tv२५ माघ २०७९, बुधवार

सुनसरी अधिवेशन विशेष

सुनसरी/मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा सुनसरीको तेस्रो एतिहासिक जिल्ला अधिवेशनको खुल्ला घोषणा सभा यही फागुन १३ तदानुसार २५ फेब्रुअरी,२०२३ तारिख शनिबारका दिनमा सम्पन्न हुने भएको छ ।

उक्त अधिवेशन इटहरी उपमाहनगरपालिका वडा नं.२० स्थित भू. पु. सैनिक सभाहलमा सम्पन्न हुने अधिवेशन मूल आयोजक सभाको संयोजक शान्ता राईले जानकारी गराउनुभयो ।साथै देश तथा विदेशमा रहनुहुने मुलवासी मंगोल प्रेमी महानुभावहरुलाई उक्त कार्यक्रममा सहभागी भएर गौरव बढाइदिनुहुन र सकेको आर्थिक,भौतिक र नैतिक सहयोग गर्नुहुन आयोजक सभाले अपील गरेको छ।

प्रतिक्रिया