दोस्रो एतिहासिक एम.एन.ओ.,आबुखैरेनी गाउँ अधिवेशनको खुल्ला घोषणा सभा कार्यक्रम सु-सम्पन्न।

Gurkhas Online Tv
Gurkhas Online Tv२८ माघ २०७९, शनिवार

सुस्मा आले,तनहुँ /दोस्रो ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन आबुखैरेनी गाउँ सभाको अधिवेशनको खुल्ला घोषणा सभा बृहत्  लोकसमुदायको उपस्थितिमा सौहार्दपुर्ण वातावरणमा सु-सम्पन्न भएको छ।

उक्त कार्यक्रम २०७९/१०/२८ गते तदानुसार 11th Feb., 2023का दिनमा दोस्रो ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन आबुखैरेनी गाउँ अधिवेशनको मुल आयोजक सभाका संयोजक बुद्धि गुरुङको सभाध्यक्षतामा र मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सभाका सदस्य प्रविना थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रमको विशिष्ट अतिथिमा मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रदेश सभाका सदस्य भक्त बहादुर गुरुङ हुनुहुन्थ्यो ।अन्य अतिथिहरुमा तेस्रो ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन तनहुँ जिल्ला अधिबेशन मुल आयोजक सभाका संयोजक प्रेम बहादुर थापा, सचिव सुश्मा आले, सदस्य विष्णु माया आले, सदस्य बसन्ति आले, सदस्य जुन बहादुर थापा मगर, सदस्य तुल्चन थापा मगर, सदस्य भिम बहादुर थापा मगर, सदस्य कुमार काजि गुरुङ ,सदस्य याम बहादुर गुरुङ, सदस्य तुल बहादुर गुरुङ , मंगोल नेशनल अर्गनाइजेशन घिरिङ गाउँ सभाका अध्यक्ष दिलिप राना, मंगोल नेशनल अर्गनाइजेशन ऋषिङ गाउँ सभाका अध्यक्ष भिम बहादुर आले, मंगोल नेशनल अर्गनाइजेशन सुक्ला गण्डकी नगर सभाका अध्यक्ष  प्रताप राना मगर, मंगोल नेशनल अर्गनाइजेशन भानु नगर सभाका सल्लाहकार भिम बहादुर लामा हुनुहुन्थ्यो । यहि माघ २५ गते तदानुसार 8th Feb.,2023 का दिनमा सम्पन्न अधिवेशनको बन्द घोषणा सभाबाट प्रकाश परियारको अध्यक्षतामा १३ सदस्यीय आबुखैरेनी गाउँ सभा निर्विरोध निर्वाचित भएको छ।
मंगोल नेशनल अर्गनाइजेशन आबुखैनी  वडा-०४ टोल अध्यक्ष रितु खवासले स्वागत मन्तव्य दिनुभएको थियो भने दोस्रो ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन आबुखैरेनी गाउँ अधिवेशन मुल आयोजक सभाका सचीव प्रकाश परियारले कार्यक्रम संचालन गर्नु भएको थियोे।

प्रतिक्रिया