दमकको गोलाटारमा मंगोल राष्ट्रवाद समबन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न।

Gurkhas Online Tv
Gurkhas Online Tv२८ माघ २०७९, शनिवार

सागर मंगोल,झापा/मंगोल नेशनल अर्गनाइजेशन दमक-३ वडा सभाको आयोजनामा दमक नगरपालिका वडा नं. ३ स्थित गोलाटारमा एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

उक्त कार्यक्रम वडा सभा अध्यक्ष पुष्पा शेर्पाको सभाध्यक्षतामा एवं संगठनका केन्द्रिय सर्वोच्च सभाका सदस्य सान बहादुर मेचेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथी राजेन्द्र चेम्जोङले शुभकामना मन्तव्री राख्नुभएको थियो भने विशेष अतिथी सागर दर्जीले मंगोलवाद सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी मेचेले मंगोल नेशनल अर्गनाइजेशन संग देश विकास गर्ने अनेकौं योजनाहरु रहेको तर त्यसको लागि मंगोल जनताहरुले आफ्नो विश्वासको मत भाले चिन्हमा जाहेर गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा गौरादह नगरसभा अध्यक्ष नवीन लिम्बू, दमक नगरसभा अधिवेशन आयोजक सभा संयोजक दिपेश राई, सचिव अर्जुन तामाङ, सदस्य गजेन्द्र मादेन, दमक-१० वडा अध्यक्ष पि.के. खजुम रहनुभएको थियो । 

स्थानीय मंगोल समुदायहरुको सराहनीय उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा दमक नगरसभा अधिवेशन आयोजक सभा सदस्य टि.एम. सुब्बाले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहसचिव दिलु सुब्बाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया