मंगोल नेशनल अर्गनाइजेशन मेचीनगर वडा सभा-०७को प्रथम अधिवेशन सम्पन्न।

Gurkhas Online Tv
Gurkhas Online Tv२९ माघ २०७९, आइतवार

झापा/ मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर वडा सभा-०७ को प्रथम अधिवेशन मदनवस्ती स्थित कृष्ण प्रा .वि.को खुल्ला प्राङ्गणमा सम्पन्न भएको छ।
 कार्यक्रममा अधिवेशनका संयोजक मिङमा तामाङको सभाध्यक्षता रहेको थियो भने प्रमुख अतिथी संगठनका केन्द्रीय सचीव सन्तोष तामाङ रहनु भएको थियो। विशिष्ट अतिथीद्वय  प्रान्तीय सभा-०१ दोस्रो  अधिवेशन मूलआयोजक सभाका प्रचार प्रसार सचीव देव नारायण धिमाल, निवर्तमान प्रान्तीय सभा -०१ सचीव तथा मुल आयोजक सभा सल्लाहकार सागर राई रहनु भएको थियो। त्यसैगरी अतिथीहरु  जिल्ला सभा झापाका सदस्य निलम राई, मेचिनगर सभा अध्यक्ष सिनारा मेचे, काेषअध्यक्ष नर बहादुर राई,सह सचीव खम बहादुर राई,प्रचार सचीव रेवत सेन मगर,सदस्य अर्जुन धिमाल , मेचिनगर सभा भित्रका विभिन्न वडा सभाका अध्यक्ष लगायत प्रतिनिधि हरु रहेका थिए। 
सर्वसम्मत चयन भएका नयाँ कार्यसभामा अध्यक्ष मिङमा तामाङ,सचीव पासाङ तामाङ,काेषअध्यक्ष  वाशु राजबंशि, सह सचीव रत्न माया राई,प्रचार प्रसार सचीव साधन राजबंशि रहेका छन्। त्यसैगरी सदस्य हरु पुष्पा तामाङ,तारा देवान,इन्दिरा राई,सृजना राजबंशि,देवि माया राई,मिलन राजबंशि,अजित राजबंशि,अरुण मेचे,सुशील राजबंशि,निर्मल मेचे र सल्लाहकार मा बागसिंह तामाङ र अब्राहम सेर्पा रहेका छन् ।
प्रमुख अतिथी सन्तोष तामाङले चयन भएका नयाँ कार्य समिती लाई बधाई साथै सफल कार्यकाल को  सुभकामना दिनु भएको थियो ।
विशिष्ट अतिथीद्वय देब नारायण धिमाल र सागर राई ,अतिथी निलम राइ,सिनारा मेचे,नर बहादुर राई,रेवत सेन मगर,अर्जुन धिमाल,वडा सभा १५,१३ र ९ का अध्यक्ष हरु क्रमशः दिलिप राजबंशि, मोहन सुब्बा र देब बहादुर तामाङले पनि शुभकामना मन्तव्य राखेका थिए 
भर्खरै चयन भएका वडा सभाका सचीव पासाङ तामाङले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई मेचिनगर नगरसभा का सचीव किसोर धिमालले संचालन गरेका थिए।

प्रतिक्रिया