मंगोल नेशनल अर्गनाइजेशन प्रवास सभा कुवेतको दोस्रो एतिहासिक अधिवेशन सम्पन्न।

Gurkhas Online Tv
Gurkhas Online Tv७ फागुन २०७९, आइतवार

कार्यक्रमपश्चात् खिचिएको सामुहिक तस्बिर

काठमाण्डु/मंगोल नेशनल अर्गनाइजेशन प्रवास सभा कुवेत दोस्रो ऎतिहासिक अधिवेशनको खुल्ला घोषणा कार्यक्रम  सम्पन्न भएको छ । फेब्रुअरी १७  २०२३ का दिन सम्पन्न उक्त कार्यक्रममा  गैर आवासीय नेपाली संघ कुवेतका अध्यक्ष  रणद्रज लामा ,महासचिव दिल कुमार पाखिन लगायत विभिन्न संघ सस्थाहरुका प्रतिनिधिहरु अतिथिरुपमा पाल्नु भएका थिए।  अधिवेशनले सुब्बा फ्युबा तामाङको अध्यक्षतामा १२ सदस्यीय  मंगोल नेशनल अर्गनाइजेशन कुवेत प्रवास सभा  सर्बसहमतिमा चयन गरेको छ। अधिबेशनले  सचिवमा   रेनुका थुलुङ राइ, कोषाध्यक्ष आर्जन तमु , सह कोषाध्यक्ष: वाङ दोर्जे तामाङ, प्रचार  प्रसार सचिव: खुमान सिं थापा मगरलाई चयन गरेको छ भने सदस्यहरुमा क्रमश, कमाला बिश्वकर्म, रेनुका भुजेल, आकश तामाङ,पन्चमान घिसिङ,बिनोद मगर,र अरुण योन्जन रहनु भएको छ।
कार्यक्रममा बोल्ने वक्ताहरुले मानव अस्तित्व र लुकाईएका नेपालको असली ईतिहासहरुको बारेमा प्रस्ट्याउदै बाहुनवाद र हिन्दुवादको पराकाष्ठा पारी अब यो देशका मुलवासी मंगोल मगर, गुरुङ राई,लिम्बू, दमाई, कामी, सार्की, कोचे, मेचे, थारु, धिमाल आदि विभिन्न जातजातिमा विभाजन नभई मुलवासीहरुको साझा संगठन मंगोल नेशनल अर्गनाइजेशनमा आबद्ध भइ मानव सरह बाच्नुपर्छ साथै अबको अन्तिम विकल्प मंगोल नेशनल अर्गनाइजेशन रहेको भन्दै अत्यन्तै प्रभावकारी मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया