तनहुँमा एकदिने मुलवासी मंगोल राष्ट्रवादसम्बन्धी प्रशिक्षण कार्यक्रम सु-सम्पन्न।

Gurkhas Online Tv
Gurkhas Online Tv७ फागुन २०७९, आइतवार

कार्यक्रमपश्चात् लिइएको सामुहिक तस्बिर

सुस्मा आले/तनहुँ ,तेस्रो ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन तनहुँ जिल्ला अधिवेशन मुल आयोजक सभाको आयोजना मुलवासी मंगोल राष्ट्रवाद सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

२०७९/११/०७ तदानुसार 19th Feb, 2023को दिनमा म्याग्दे-०४, छाङ,गैरामा तेस्रो ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन तनहुँ जिल्ला अधिवेशन मुल आयोजक सभाका संयोजक प्रेम बहादुर थापा मगरको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय सदस्य प्रविना थापा मगरको प्रमुख आतिथ्यतामा तनहुँ अन्तर्गतका विभिन्न तहका पदाधिकारी तथा अन्य महानुभावहरुको उपस्थितिमा सम्पन्न भएको हो।
अन्य अथितिमा मंगोल नेशनल अर्गनाइजेशन शुक्लागण्डकी नगर सभाका अध्यक्ष प्रताप्फ राना मगर र कोषाध्यक्ष मधुकर थापा मगर हुनुहुन्थ्यो । प्रशिक्षकले उपस्थित स्थानीय लोकसमुदायहरुलाई मानव अस्तित्व र लुकाईएका नेपालको असली ईतिहासहरुको बारेमा प्रष्ट्याउदै बाहुनवाद र हिन्दुवादको पराकाष्ठा पारी अब यो देशका मुलवासी मंगोल मगर, गुरुङ राई,लिम्बू, दमाई, कामी, सार्की, कोचे, मेचे, थारु, धिमाल आदि विभिन्न जातजातिमा विभाजन नभई मुलवासीहरुको साझा संगठन मंगोल नेशनल अर्गनाइजेसनमा आबद्ध भइ मानव सरह बाच्नुपर्छ भन्दै अत्यन्तै प्रभावकारी प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण पस्चत मन बहादुर थापा मगरको अध्यक्षतामा १४ सदस्यीय सहित मंगोल नेसनल अर्गनाइजेशन म्याग्दे वडा-४ वडा सभा गठन भएको थियो। सदस्यहरुमा क्रमश चमान सिंह राना, भिमराज थापा मगर, रुपेश थापा, सुरसिङ थापा मगर , राजु राना, हर्ष राना, सुमन राना, तिलक राना, श्री कुमारि थापा, सुकु माया थापा, बुद्धि माया राना र सिंह बिर थापा हुनुहुन्थ्यो । 
मंगोल नेशनल अर्गनाइजेशन शुक्लागण्डकी नगर सभाका कोषाध्यक्ष मधुकर थापा मगरले स्वागत मन्तव्य दिनुभएको थियो भने तेस्रो ऎतिहासिक मंगोल नेसनल अर्गनाइजेशन तनहुँ जिल्ला अधिबेशन मुल आयोजक सभाका सचीव सुस्मा आलेले कार्यक्रम संचालन गर्नु भएको थियोे।

प्रतिक्रिया