"महामानव ड.गोपाल गुरुङको सपना र एम.एन.ओ.लाई राष्ट्रिय राजनीतिमा उभ्याउन सम्पूर्ण मुलवासी मंगोल एक हुनुपर्छ।"-सान बहादुर मेचे

Gurkhas Online Tv
Gurkhas Online Tv८ फागुन २०७९, सोमवार

कार्यक्रमका क्रममा खिचिएका तस्बिर

सागर मंगोल,मोरङ/१९ फेब्रुअरीका दिन मोरङको मिक्लाजुङ स्थित टाँडीमा सम्पन्न मंगोल नेशनल अर्गनाइजेशन मिक्लाजुङ गाउँसभा, मोरङको दोस्रो ऐतिहासिक गाउँसभा अधिवेशनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी सान मेचेले महामानव ड. गोपाल गुरुङ ज्युको सपनालाई साकार पार्दै मंगोल नेशनल अर्गनाइजेशनलाई राष्ट्रिय राजनीतिमा उभ्याउनको निमित्त सम्पूर्ण मूलबासी मंगोलहरु एक हुनुपर्ने र यसको निमित्त संगठनका नेता तथा कार्यकर्ताहरुको काँधमा महत्वपूर्ण जिम्मेवारी आइपरेको बताउनुभयो । 

उक्त अधिवेशनबाट सन्त घिसिङको अध्यक्षतामा ३१ सदस्यीय एम.एन.ओ. मिक्लाजुङ गाउँसभा गठन भएको छ । सचिव, सहसचिव, कोषाध्यक्षमा क्रमशः ववि वान्तवा, राम बहादुर राई, कल्पना थापा मगर रहनुभएको छ । सदस्यहरुमा सविन राई, तेज बहादुर राई, भुमिका कुलुङ, खड्ग बहादुर राई, धनसिंह नेपाली, जितमान राई, मनोज राई, पूर्ण बहादुर राई, नगेन्द्र लिङदिने, कल्पना गुरुङ, भक्त बहादुर राई, पदम लिङ्देन, शुक्र मादेन, वीर बहादुर लेक्वा, छ्त्र बहादुर मगर, रमेश कुमार राई, सुमित्रा तामाङ, राजेश राई, गौरी राई, होम बहादुर तामाङ रहनुभएको छ भने सल्लाहकार सदस्यहरु बेल बहादुर लेक्वा, सुवास चन्द्र राई, रविन तामाङ, हर्क बहादुर मगर, विनोद राई, मिलन मोक्तान र लाल बहादुर मगर रहनुभएको छ । 

नवगठित पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि मेचेले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो । 

कार्यक्रममा अतिथिहरु कानेपोखरी गाउँसभा अध्यक्ष सुरेन्द्र धिमाल, केराबारी गाउँसभा अध्यक्ष अनु मगर, रतुवामाई नगरसभा अध्यक्ष पदम घिसिङ, लेटाङ नगरसभा अध्यक्ष विशाल चेम्जोङ, सुन्दरहरैचा नगरसभा अध्यक्ष कृष्ण देव राई, बेलबारी नगरसभा अध्यक्ष भिम बहादुर राई, सुनवर्शी नगरसभा अध्यक्ष शकुन्तला श्रेष्ठ, पथरी शनिश्चरे नगरसभा अध्यक्ष पुनम राई, उर्लाबारी नगरसभा अध्यक्ष मोहन बहादुर राई, झापा जिल्ला सचिव सागर दर्जी, मोरङ जिल्ला अध्यक्ष धनराज लिम्बु, १ नं. प्रान्तीय सभा दोस्रो अधिवेशन आयोजक सभाका सचिव लासिमहाङ मंगोल, विशिष्ट अतिथी केन्द्रिय सदस्य सुरज फोम्बोले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

 कार्यक्रममा विर्तामोड नगरसभा अध्यक्ष याम श्रेष्ठ, झापा जिल्ला सदस्य प्रेम लिम्बु, जिल्ला सभा मोरङका सदस्यहरु धन बहादुर तामाङ, रविन्द्र श्रेष्ठ, सुमन लिङदेन, कोषाध्यक्ष डम्बर तामाङ, सचिव अविनाश राई, १नं. प्रान्तीय सभा दोस्रो अधिवेशन आयोजक सभाका सदस्य सोम तामाङ लगायतको आतिथ्यता रहेको थियो ।

मंगोल नेशनल अर्गनाइजेशनका समर्थक, शुभेच्छुक लोक समुदायहरुको बाक्लो उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमको सभाध्यक्षता अधिवेशन आयोजक सभाका संयोजक रविन तामाङ्ले गर्नुभएको थियो । मिलन मोक्तानले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रम  लाल बहादुर मगरले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया