भिक्षु तपस्सी धम्म महास्थवीर भन्ते प्रवजित भएको ४० वर्ष भएको सु-अवसरमा विशेष सम्मान कार्यक्रम

Gurkhas Online Tv
Gurkhas Online Tv१० फागुन २०७९, बुधवार

कार्यक्रमका क्रममा खिचिएको तस्बिर

काठमाण्डु/भिक्षु तपस्सी धम्म महास्थविर प्रवजित हुनु भएको ४० वर्ष पुरा भएको अवसरमा काठमाडौँको चावहिलस्थित चारुमती बुद्ध विहारमा विशेष कार्यक्रम आयोजना गरी भिक्षु धम्मको सम्मान गरिएको छ । मंगलवार आयोजित सम्मान कार्यक्रममा भिक्षु महासंघले पवित्र परित्राण, आशिरवाद, पाठ पूजा र पूण्यको कार्यक्रम समेत गरेको थियो ।चारुमती बुद्ध विहारले गरेको हो ।

 

श्रद्धेय भिक्षुगण र गुरुमांहरुको आतिथ्यमा शुरु भएको उक्त कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष श्रद्धेय धम्म शोभन महास्थविरबाट पञ्चशील, महासचिब भन्ते धर्मगुप्त महास्थविरबाट धर्म देशना, विहारका परमानन्द शाक्यबाट स्वागत मन्तव्य, वडा नं ७ का अध्यक्ष बिमल कुमार होडा, धर्मोदय सभाका महासचिब सागर मान बज्राचार्य र श्रुति राइले शुभकामना सन्देश दिनु भएको थियो ।

चारुमती बुद्ध विहारका प्रमुख तथा चारुमती बुद्धिष्ट मिसन – नेपालका संस्थापक अध्यक्ष श्रद्धेय तपस्सी धम्म महास्थविर प्रवजित हुनु भएको ४० वर्ष पुगेको अवसरमा विहारको वेभसाइट पनि सञ्चालनमा ल्याइएको छ । वेभसाइटलाई श्रीलंकाका उपासक बुद्धिका संजिवाले निर्माण गर्नु भएको हो । कार्यक्रममा भिक्षु संघलाई अष्टपरिस्कार अर्पण, विहारका उपासक उपासिकाहरुबाट भिक्षु धम्मलाई शुभकामना व्यक्त गरिएको थियो । कार्यक्रममा अन्त्यमा भिक्षु धम्मले कार्यक्रमको आयोजना गरी सम्मान गरिएकोमा सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन विजयरत्न तुलाधरले गर्नु भएको थियो । कार्यक्रमको आयोजना चारुमती बुद्ध विहारले गरेको हो ।

 

प्रतिक्रिया