वैशाखमा हुने उपनिर्वाचनमा मंगोल नेशनल अर्गनाइजेशन सहभागी हुने।

Gurkhas Online Tv
Gurkhas Online Tv१३ फागुन २०७९, शनिवार

निर्वाचन आयोग,कान्तिपथ,काठमाण्डु,नेपाल

काठमाण्डु/आउँदो वैशाख १० गते चितवनको प्रतिनिधि सभा  निर्वाचन क्षेत्र नम्बर 2 मा हुने उप निर्बाचनमा मंगोल नेशनल  अर्गनाइजेसनले सहभागी जनाउने भएको छ ।
निर्बाचन आयोगले चितवनको प्रतिनिधि सभा निर्बाचन क्षेत्र २ मा हुने उप निर्बाचनमा सहभागी हुनको लागि राजनीतिक दलहरुलाइ निर्बाचन प्रयोजनको निम्ति   दल दर्ताको लागि आह्वान गरे पछि एम एनओले कान्ति पथमा रहेको आयोगमा  पुगेर आफ्नो दल दर्ता गरेको  संगठनका केन्द्रिय सदस्य तथा कार्यलय सचिब रिन्छेन तामाङले बताउनु भयो । उहाका अनुसार संगठनका केन्द्रीय प्रचार प्रसार  सचिब मणि पापो लिम्बुको नेतृत्व शुक्रबार आयोगमा एम एनओले निर्बाचन प्रयोजनको निम्ति दल दर्ता गरेको हो । दल दर्ता कार्यक्रममा संगठनका केन्द्रीय सदस्य तथा कार्यलय सचिब रिन्छेन तामाङ , बागमती प्रान्तीय सभा अध्यक्ष राजेन्द्र तामाङ , कोषाध्यक्ष सालिकराम थापा मगर , काभ्रे जिल्ला अध्यक्ष कमल लोप्चन , धादिङ जिल्ला अध्यक्ष धर्म राज स्यादेन  , नुवाकोट जिल्ला सदस्य तथा पत्रकार सुरेन्द्र तामाङ , बारा जिल्ला सदस्य कुमार तामाङ लगायतको सहभागीता रहेको थियो । 
निर्बाचन आयोगले चितवनको क्षेत्र २  प्रतिनिधि सभा सदस्य  उप निर्वाचनमा सहभागी हुनको लागि फागुन १० देखि १६  गते सम्मको समयसिमा  राखेर उपनिर्वाचन प्रयोजनको लागि दल दर्ताको आव्हान गरेको छ  । गएको मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा निर्बाचनको सो क्षेत्रमा संगठनको तर्फ बाट  मंगोल नेशनल अर्गनाइजेशन चितवन जिल्ला सभा अध्यक्ष टेक बहादुर तामाङले  उम्मेद्बारी दिनु भएको थियो ।

प्रतिक्रिया