यहि चैत्र ७ गते( २१मार्च)मा एम.एन.ओ.चौथो एतिहासिक गोरखा जिल्ला अधिवेशन हुने।

Gurkhas Online Tv
Gurkhas Online Tv१३ फागुन २०७९, शनिवार

बैठकका क्रममा खिचिएको एक तस्बिर

गोरखा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा गोरखाको बैठक सम्पन्न भएको छ।मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय सदस्य तथा आर्थिक विभागका सदस्य सोम बहादुर तमुको प्रमुख आतिथ्यतामा र गण्डकी प्रदेश सभाका सदस्य मंगल सिं. गुरुङको विशिष्ट आतिथ्यतामा तथा सल्लाहकार देव थापा मगरको आतिथ्यतामा सम्पन्न,बैठकले तत्कालीन गोरखा जिल्ला सभालाई विघटन गर्दै चौथो एतिहासिक गोरखा जिल्ला अधिवेशनको मुलआयोजक सभा गठन गरि उक्त अधिवेशन सभ्य र भव्यरुपमा सु-सम्पन्न गर्ने सम्बन्धमा बैठक सम्पन्न गरिएको छ।
उक्त अधिवेशन यहि चैत्र ७ गते तदानुसार २१ मार्च,२०२३,मंगलबारको दिन गोरखा जिल्लाको सदरमुकाममा हुने र अधिवेशन सु-सम्पन्न गर्न मंगोल नेशनल अर्गनाइजेशनका निवर्तमान प्रचारप्रसार सचिव नविन घलेको संयोजकतामा मुलआयोजक सभाको गठन गरिएको हो।अन्य सह-संयोजकहरुमा   प्रचारप्रसार संयोजकमा,यम बहादुर गुरुङ्ग र आर्थिक संयोजकमा मन बहादुर थापा मगरलाइ चयन गरिएको छ।  यसरी अधिवेशनमा वृहत लोकसमुदायको उपस्थिती गराउने लक्ष्यका साथ सर्वसहमतिमा विभिन्न विषयहरुमा छलफल गरी निवर्तमान  जिल्ला सभा अध्यक्ष गंगा राना मगरको सभाध्यक्षतामा र प्रचार प्रसार सचिव नविन घलेले कार्यक्रम संचालन गर्दै उक्त बैठक सम्पन्न भएको जानकारी गरिएको छ। 
देश तथा विदेशमा रहनुहुने सम्पूर्ण एम.एन.ओ.का शुभचिन्तकहरुलाई कार्यक्रम सु-सम्पन्न गर्न आर्थिक,भौतिक र नैतिक तवरले सहयोग गरिदिनुहुन आयोजक सभाले हार्दिक अपील गरेको छ।

प्रतिक्रिया