एम.एन.ओ., सुनसरी अध्यक्षमा दिपेन्द्र राई

Gurkhas Online Tv
Gurkhas Online Tv१६ फागुन २०७९, मङ्गलवार

र्यालीका क्रममा खिचिएको तस्बिर

सुनसरी /मंगोल नेशनल अर्गनाइजेशन सुनसरी जिल्ला सभाको तेस्रो ऐतिहासिक अधिवेशनबाट दिपेन्द्र राई सर्वसमतमा अध्याक्ष पदमा चयन हुनुभएको छ । फागुन १३ गते  तदनुसार २३ फेब्रुअरी २०२३ सनिवारका दिन मंगोल नेशनल अर्गनाइजेशनन ऎतिहासिक तेस्रो सुनसरी जिल्ला अधिबेशन बाट दिपेन्द्र राईको अध्यक्षतामा  निम्न २१ सदस्यीय सुनसरी जिल्ला सभा गठन भएको हो । नवगठित पदाधिकारीहरुमा सचिब अमृत बहादुर योन्जन, कोषाध्यक्ष दिप तामाङ, सहसचिब बन्दना राई, प्रचार प्रसार सचिब बिजय राई, सदस्यहरु आनन्द राई, लब कुस राई, दिर्पा कुमारी राई, भोरिमान राई, पुर्ण बहादुर गुरुङ, दान बहादुर गुरुङ, पम्फा लिम्बु, मणि कुमार राई, धन बहादुर गुरुङ, चन्द्र कुमार राई, एलिना राई, बिमला तामाङ राई, रिता राई, अमृत तामङ, बिकास राई, अन्जु तामाङ र सल्लाहकारहरु सान्ता राई र पदम राई रहनुभएको छ । 
          उक्त अधिबेशन मुल आयोजक सभाको संयोजक सान्ता राईको सभाध्यक्षतामा एवं संगठनका केन्द्रिय सदस्य सुरज फोम्बो लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा उदयपुर जिल्ला सभाका सदस्य तेज नारायण चौधरी, उदयपुर जिल्ला सभा अध्यक्ष रेवत मगर, भोजपुर जिल्ला सभा अध्यक्ष बिरेन राई, मोरङ जिल्ला अध्यक्ष धन राज लिम्बू, झापा जिल्ला अध्यक्ष बानिरा मेचे, १ नम्बर प्रान्तीय दोस्रो अधिबेशन मुल आयोजक सभा कोषाध्यक्ष शिव कुमार राई, संयोजक बिकेन बान्तावा राई, १ नम्बर प्रान्तीय सभा निवर्तमान अध्यक्ष भाष्कर चान्लिङ राई, बिशिस्ट अतिथी केन्द्रिय सभा सदस्य चन्द्र बान्तावा राई लगायतले शुभकामना मन्तव्य राख्नुभयो । 

कार्यक्रमका प्रमुख अतिथी सुरज फोम्बोले कार्यक्रमलाई सम्बोधन गर्दै महामनव ड. गोपाल गुरुङ ज्युले मूलबासी मंगोलहरुको अधिकार र अस्तित्व स्थापित गराउनका लागि आफ्नो जीवन समर्पण गर्नुभएको कुरा जगजाहेर गर्दै मंगोल नेशनल अर्गनाइजेशनमा आवद्ध भएर त्यागी बनेर महामानव ड. गोपाल गुरुङलाई न्याय दिनुपर्ने कुरामा जोड दिनुभयो । विभिन्न जिल्ला सभाका कार्यकर्ता, समर्थकहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा दिपेन्द्र राईले स्वागत मन्तव्य राख्नुभएको थियो भने लासिमहाङ मंगोलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया