मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा प्युठानका सचीव मगर पितृशोकमा

Gurkhas Online Tv
Gurkhas Online Tv३० फागुन २०७९, मङ्गलवार

मृतक: मेहर सिंह थापा मगर

प्युठान/मंगाेल नेशनल अर्गनाइजेशन जिल्ला सभा प्युठानका सचिव तारासिंङ थापा मगरलाई पितृ शोक परेको छ। 

प्युठान गाैमुखी गाउँपालिका वडा न.-०२,अर्खा पिराल लाउने निवासी उहाँका बुबा मेहर सिङ थापा मगरको फागुन २७ गते आइतबार, ७५ वर्षकाे उमेरमा असामयिक निधन भएको हो। उहाँको मृत्युुले सिंगो मंगोल नेशनल अर्गनाइजेशनका नेता तथा कार्यकर्ताहरु  अत्यन्तै मर्माहित एवम् दुखित भएको लुम्बिनी प्रान्तीय सभाका सदस्य मन बहादुर पुनले बताउनुभयो।साथै यस दुखद घडीमा दिवंगत आत्माको चिर शान्तिकाे कामना गर्दै उहाँ र सम्पुर्णको तर्फबाट भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् भने शाेकसन्तप्त परिवारका सदस्यहरुमा धैर्य धारण गर्ने शक्ति मिलाेस् भनी हार्दिक समवेदना प्रकट गरेका छन्।

प्रतिक्रिया