मंगोल नेशनल अर्गनाइजेशन, जिल्ला सभा तनहुँको अध्यक्षमा युवा नेतृ सुस्मा आले मगर

Gurkhas Online Tv
Gurkhas Online Tv२ चैत २०७९, बिहिवार

कार्यक्रमका क्रममा लिइएको तस्बिरहरु

तनहुँ/मंगोल नेशनल अर्गनाइजेशन तनहुँ  जिल्ला सभाको तेस्रो ऐतिहासिक अधिवेशनबाट सुस्मा आले सर्वसम्मतमा अध्यक्ष पदमा चयन हुनुभएको छ । 
फागुन२८ गते  तदनुसार १२मार्च,२०२३ का दिन मंगोल नेशनल अर्गनाइजेशन,ऎतिहासिक तेस्रो तनहुँ  जिल्ला अधिवेशनको बन्दसत्रबाट युवा नेतृ सुस्मा आलेको अध्यक्षतामा २ सल्लाहकारसहित २५ सदस्यीय तनहुँ जिल्ला सभा निर्वाचित भएको हो । अन्य पदाधिकारीहरु क्रमशः सचिवमा भिम बहादुर थापा मगर, कोषाध्यक्षमा बसन्ती आले, सह-सचिवमा शम्भु राना मगर, प्रचार प्रसार सचिवमा याम बहादुर गुरुङ र सदस्यहरुमा विष्णु माया आले, कल्पना राना मगर, जुन बहादुर थापा मगर, तुलचन थापा मगर,गुमा कुमारी( सोनी) राना मगर,तुल बहादुर गुरुङ, अमर गुरुङ, पर्शुराम थापा मगर, ,भिम ठाडा मगर, होम बहादुर थापा मगर,बुद्धि गुरुङ,भिम बहादुर लामा,रन्जित आले, प्रकाश थापा मगर, होम माया थापा मगर, सुमन थापा मगर, मधुकर थापा मगर, शक्ति राना मगर, रन बहादुर खवास मगर र रुद्र बहादुर थापा मगर  रहनुभएको छ  भने सल्लाहकारमा पुर्व जिल्ला अध्यक्ष प्रेम बहादुर थापा मगर र कोषाध्यक्ष ज्ञानी माया थापा मगर हुनुहुन्छ।
बाजागाजा र  मंगोल लोक समुदायको सास्कृतिक झाकी सहित १५ मार्च दमौली बजारस्थित अनसन चौतारा खेलमैदानमा अधिवेशनका संयोजक प्रेम बहादुर थापा मगरको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय सचिव सन्तोष तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको खुल्ला घोषणा सभामा नवनिर्वाचित  पदाधिकारीहरुको नामावली बन्दसत्रका निर्वाचन सभाका संयोजक अनिता थापा मगरले घोषणा गरेका थिए भने प्रमुख अतिथी तामाङले खदा ओढाएर सम्मान तथा सपथ ग्रहण गराउनुभएका थिए । उपस्थित सम्पुर्ण अतिथीहरुले निर्वाचित पदाधिकारीहरुलाई बधाई दिएका थिए।  
उक्त कार्यक्रममा विशिष्ट अतिथीहरुमा एम.एन.ओ.केन्द्रिय प्रचारप्रसार सचिव मणिपापो लिम्बू, केन्द्रिय सर्वोच्च सभाका सदस्यहरु सान बहादुर मेचे र रिन्छेन तामाङ हुनुहुन्थ्यो।अन्य अतिथीहरुमा सातै प्रदेशका स्थानीय तहदेखि केन्द्रिय तहसम्मका नेताहरु हुन्हुन्थ्यो। कार्यक्रममा म्याग्दी अध्यक्ष डि.के.पुन र चितवन जिल्ला अध्यक्ष टेक बहादुर तामाङले सम्पुर्ण जिल्लाको प्रतिनिधित्व गर्दै मन्तव्य राखेका थिए, प्रदेशको प्रतिनिधित्व गर्दै गण्डकी प्रदेश सभाका सल्लाहकार तथा मंगोल भिजन  राष्ट्रिय साप्ताहिक  पत्रीकाका संवाददाता देव थापा मगर र गण्डकी प्रदेश सभाका अध्यक्ष नवीन गुरुङले शुभकामना दिनुभएको थियो ।त्यसैगरी केन्द्रिय सदस्यहरु प्रविना थापा मगर, शिव बहादुर गुरुङ, प्रेम छिरी शेर्पा र विशिष्ट अतिथीहरु साथै प्रमुख अतिथीले समेत सफल कार्यकालको शुभकामना दिदै मन्तव्य राखेका थिए। 
 कार्यक्रमका प्रमुख अतिथी तामाङले कार्यक्रमलाई सम्बोधन गर्दै महामनव ड. गोपाल गुरुङज्युले मूलबासी मंगोलहरुको अधिकार र अस्तित्व स्थापित गराउनका लागि आफ्नो जीवन समर्पण गर्नुभएको कुरा जगजाहेर गर्दै मंगोल नेशनल अर्गनाइजेशनमा आवद्ध भएर त्यागी बनेर महामानव ड. गोपाल गुरुङलाई न्याय दिनुपर्ने कुरामा जोड दिनुभयो ।हजारौं मंगोल जन समुदायहरुको उपस्थितिमा सम्पन्न भएको कार्यक्रम सुरु हुनु अघि एम एनओको नाराहरु सहित विशाल मंगोल र्याली गरिएको थियो ।

यसैगरी कार्यक्रम स्थल बाट सुरु भएको र्यालिमा  लोकतन्त्र हाम्रो प्राण हो , धर्म निरपेक्ष हाम्रो मुटु हो , प्रान्तीयता हाम्रो अंङ्ग हो , लोकतन्त्र बिरोधी होसियार , , मानव अधिकार लागू गर , हामी मंगोल हिन्दु होइनौं , जात जाती भन्दैनौ , हिन्दु चाड मान्दैनौ , आदिबासि जनजाती बाहुन छेत्री हुन , संबिधानमा मुलबासी मंगोल लेख , एम एनओ जिन्दावाद , ड गोपाल गुरुङ अमर रहुन ,ऎतिहासिक तेस्रो तनहुँ जिल्ला अधिबेशन सफल पारौं जस्ता नारा हरु लगाइएको थियो । र्याली खेल मैदान हुँदै मालपोत लाइन ,गणेशमान चोक ,भाद गाउँ , गल्बु बेसि , भेटघाट चोक हुँदै पुन कार्यक्रम स्थलमा आएको थियो ।

विभिन्न जिल्ला सभाका कार्यकर्ता, समर्थकहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा शम्भु राना मगरले स्वागत मन्तव्य राख्नुभएको थियो भने सुस्मा आले मगरले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने अन्त्यमा अधिवेशनका संयोजक प्रेम बहादुर थापा मगरले सभा विसर्जन गरेका थिए।

प्रतिक्रिया