एम एनओ मधेस प्रान्तीय सभाको प्रथम अधिवेशन वैशाखमा

Gurkhas Online Tv
Gurkhas Online Tv३ चैत २०७९, शुक्रवार

कार्यक्रमको उद्धाटन गर्दै प्रमुख अतिथी र विशिष्ट अतिथीहरु

बारा/मंगोल नेशनल अर्गनाइजेशन मधेस प्रान्तीय सभाको प्रथम अधिबेशन आउदो बैशाखमा हुने भएको छ ।
संगठनका केन्द्रीय सचिब सन्तोष तामाङको प्रमुख आतिथ्यतामा  मंगलबार फागुन ३० गते बाराको जितपुर सिमरा उप महानगर पालिकामा भएको एक भेलाले प्रान्तीय सभाको प्रथम अधिबेशन आउदो बैशाख १६ गते बाराको निजगढमा गर्ने निर्णय गरेको छ । बारा जिल्ला  सभाका अध्यक्ष  मदन कुमार बम्जन को अध्यक्षतामा सम्पन्न भएको भेलाले प्रान्तीय सभा बिगठन गरि मधेस प्रान्तीय सभाका पुर्ब प्रचार सचीव ज्ञान कुमार मोक्तान  संयोजकमा १५ सदस्य प्रथम मधेस प्रान्तीय अधिबेशन मुल आयोजक सभा निर्माण गरिएको छ । जसको सचिबमा कुमार घलान ,कोषाध्यक्ष रुप बा स्याङ्बा ,सह सचिब कन्चन पुलामी रहेका छ । त्यस्तै सदस्यहरुमा इमान सिह तामाङ ,सुपथ सिह तामाङ , राम नारायण महतो ,पदम बहादुर मगर, निर्मल मोक्तान , श्रीदास थिङ् , मदन बा बम्जन ,बिमल थापा मगर,टेक बा  बगमपाखी र हरि लाल रुम्बा रहेका छन ।
यसै बिच भेलाकै अवसर पारेर एक बृहत मंगोलवाद बिषयक एक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । संगठनका केन्द्रीय सचिब सन्तोष तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न  प्रशिक्षण कार्यक्रममा केन्द्रीय प्रचार प्रसार सचिब मणि पापो लिम्बू , केन्द्रीयदय सदस्य सान बहादुर मेचे , रिन्छेन तामाङ ,सिन्धुली जिल्ला अध्यक्ष शान्त वीर तामाङ , सर्लाही जिल्ला अध्यक्ष टेक मगर , सिन्धुली जिल्ला सभाका सल्लाहकार बर्जन तामाङ लगायतले मंगोलवाद को बारेमा प्रष्ट पार्दै संगठनको बारेमा बताउनु भएको थियो । कार्यक्रममा स्थानीय मुलबासी लोक समुदायहरुको उल्लेखनीय सहभागी रहेको थियो ।

प्रतिक्रिया