मंगोल नेशनल अर्गनाइजेशन चांडै देशको राष्ट्रिय राजनीतिमा स्थापित हुँदै - प्रवक्ता दिलिप धिमाल

Gurkhas Online Tv
Gurkhas Online Tv५ चैत २०७९, आइतवार

कार्यक्रमका क्रममा खिचिएको एतिहासिक तस्बिर

झापा/मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर वडा नं.१३ को प्रथम वडा अधिवेशन घोषणा सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी संगठनका प्रवक्ता दिलिप धिमालले मंगोल नेशनल अर्गनाइजेशन चांडै देशको राष्ट्रिय राजनीतिमा स्थापित हुने कुरा बताउनुभयो ।जनताको अधिकारको निमित्त भन्दा पनि सत्ता र शक्तिमा टिक्नको निमित्त खस आर्यहरुले राजनीती गरिराखेका कारण एम.एन.ओ. नै अबको समुन्नत र समृद्ध नेबाल निर्माण गर्ने एकमात्र राजनैतिक दल भएको कुरा जगजाहेर गर्दै सम्पूर्ण नेता तथा कार्यकर्तालाई सक्रिय भएर संगठन विस्तारमा लाग्न निर्देशन दिनुभयो । 
 
    १८ मार्च शनिवारका दिन मेचिनगर-१३ स्थित याक्थुम चुम्लुङ भवनको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त अधिवेशनबाट भिम राईको अध्यक्षतामा १७ सदस्यीय मेचिनगर-१३ वडा सभा गठन भएको छ । सचिव, कोषाध्यक्ष, सहसचिव, प्रचारप्रसार सचिवमा क्रमशः सुस्मिता मगर, चन्द्रकुमारी लिम्बू, सोल बहादुर राई, कमल विश्वकर्मा रहनुभएको छ । सदस्यहरू बम बहादुर राई, रमेश इजम, दिल माया लिम्बू, अशोक लिम्बू, सुमित्रा हेमरन, मधु चोङ्बाङ, ताला मुर्मु, प्रकाश लिम्बू, उषा लिम्बू रहनुभएको छ भने सल्लाहकारमा मोहन सुब्बा, शुकराज लिम्बू, तिलामाया बराइली रहनुभएको छ ।

 नवगठित पदाधिकारीहरुलाई खादा लगाइ प्रमुख अतिथी दिलिप धिमालले शुभकामना व्यक्त गर्नुभएको थियो भने नवनिर्वाचित अध्यक्ष भिम राईले प्रतिवद्धता मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रममा अतिथिहरु एम.एन.ओ. मेचिनगर २ वडा  सदस्य गोमनसिंह मगर, मेचिनगर ३,७,१५ का अध्यक्षहरु क्रमशः खगेन्द्र तामाङ, मिङमा तामाङ, दिलिप राजवंशी, मेचिनगर सदस्य नरेन्द्र धिमाल, सचिव किशोर धिमाल, अध्यक्ष सिनारा मेचे, जिल्ला सदस्य निलम राई, सचिव सागर दर्जी, अध्यक्ष बानिरा मेचे, विशिष्ट अतिथी एम.एन.ओ. दोस्रो कोशी प्रान्तीय अधिवेशन मूल आयोजक सभाका सचिव लासिमहाङ मंगोल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा मेचिनगर सभाका कोषाध्यक्ष नर बहादुर राई, सल्लाहकार मोहनसिंह तामाङ, वडा सभा ९,१०,११ का अध्यक्षहरु क्रमश: निम्तेन्जी शेर्पा, गञ्ज राई, रामप्रसाद तामाङ लगायतको आतिथ्यता रहेको थियो । 

    मेचिनगर-१३ प्रथम वडा सभा अधिवेशन आयोजक सभाका संयोजक मोहन सुब्बाको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा सभा सल्लाहकार तीलामाया बराइलीले स्वागत मन्तव्य राखेका थिए भने मेचिनगर प्रचारप्रसार सचिव रेवतसेन हात्तीमारा मगरले संचालन गरेका थिए ।

प्रतिक्रिया