चौथौ मंगोल नेशनल अर्गनाइजेशन दाङ जिल्ला अधिवेशन सभ्य र भव्यरुपमा सम्पन्न।

Gurkhas Online Tv
Gurkhas Online Tv६ चैत २०७९, सोमवार

एतिहासिक तस्बिर

दाङ/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा दाङको चौथो जिल्ला अधिवेशनको खुल्ला घोषणा  कार्यक्रम सभ्य र भव्यरुपमा सम्पन्न भएको छ ।
दाङको घोराही उपमहानगरपालिका-१३ स्थित मगर संघको प्राङ्गणमा शनिबार चैत ५ गते चौथो जिल्ला अधिवेशनका मुलआयोजक सभाका संयोजक  प्रिन्स घर्ती मगरको सभाधक्ष्यतामा एवम् संगठनका केन्द्रीय मुल सचिव थम्मन बहादुर बुढा मगरको प्रमुख आतिथ्यता तथा केन्द्रीय सभा सचिव सन्ताेष तामाङको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अन्य  अतिथिहरुमा केन्द्रीय प्रचार प्रसार सचिव मणि पाप लिम्बू ,केन्द्रीय  सर्वोच्च सभा  सदस्यहरु  सान बहादुर मेचे ,सुमन तामाङ (रेन्छेन दाेर्जे ), कल्पना थापा मगर , केशु रास्काेटी मगमगर , केन्द्रीय सभा सदस्यहरु तथा लाल बहादुर दर्लामी ,  प्रेम छिरि शेर्पा,विष्णुमान बि.क,राज बहादुर छन्त्याल ,लुम्बिनी प्रान्तीय सभा अध्यक्ष ताेप बहादुर खाम्चा ,कर्णाली प्रान्तीय संयाेजक हरि बहादुर पुन , लुम्बिनी प्रान्तीय सभा सहसचिव केसरी थापा मगर ,बरिस्ठ सदस्य दिपक थापा मगर , सदस्यहरु उनि सरा बुढा मगर , दिपा चाैधरी घनश्याम चाैधरी, प्रितम चाैधरी ,मन बहादुर पुन ,बद्री बहादुर सारु , रिशन बहादुर घर्ती सल्लाहकार शाेभाराम बुढा मगर, धनशरी राेका मगर , सभा कपिलवस्तु अध्यक्ष टेक बहादुर पुन मगर , नवलपरासी सचिव के बि गुरुङ हुनुहुन्थ्यो ।
अधिवेशनको खुल्ला घोषणा  सभा सुरु हुनु अघि हजारौंको संख्यामा सहभागी मंगोल जनसमुदायको उपस्थितिमा झाकी सहित विशाल र्याली गरिएको थियो ।

सहिद लखन थापा चोक बाट सुरु भएको र्यालिमा लोकतन्त्र हाम्रो प्राण हो , धर्म निरपेक्ष हाम्रो मुटु हो , प्रान्तीयता हाम्रो अंङ्ग हो , लोकतन्त्र बिरोधी होसियार , , मानव अधिकार लागू गर , हामी मंगोल हिन्दु होइनौं , जात जाती भन्दैनौ , हिन्दु चाड मान्दैनौ , आदिबासि जनजाती बाहुन छेत्री हुन , संबिधानमा मुलबासी मंगोल लेख , एम एनओ जिन्दावाद , ड गोपाल गुरुङ अमर रहुन , चौथो दाङ जिल्ला अधिबेशन  सफल पारौं जस्ता नारा हरु लगाइएको थियो ।  र्याली नया बजार सब्जी मन्डी , सहिद गेट , बैंक रोड हुँदै कार्यक्रम स्थलमा आएको थियो । कार्यक्रममा प्रमुख अतिथी थम्मन बुढा मगर , बिशिस्ट अतिथि सन्तोष तामाङ , अतिथिहरु कल्पना थापा मगर , रिन्छेन तामाङ , प्रेम छिरी शेर्पा , बिष्णु मान बिक , लुम्बिनी प्रान्तीय अध्यक्ष तोप खाम्चा , कर्णाली प्रान्तीय संयोजक हरि बहादुर पुन लगायतले शुभकामना मन्तव्य राख्नु भएका थिए।
चाैथाे दाङ जिल्ला अधिवेशनको  बन्द सत्र बाट सर्ब सहमतिमा  राज बहादुर घर्ती मगर  अध्यक्षता ४० सदस्य जिल्ला सभा  चयन हुनु भएको छ । कार्यक्रममा नवनिर्बाचित जिल्ला सभाका पदाधिकारीहरुको नामावली लुम्बिनी प्रान्तीय सभा सदस्य घनश्याम चौधरीले वाचन गर्नु भएको थियो ।  कार्यक्रममा मंगोल गित नृत्य प्रस्तुत गरिएको थियो । डम छन्त्यालले स्वागत मन्तव्य राख्नु भएको खुल्ला घोषणा सभा कार्यक्रम  जितन पुनले संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया