गोरखा/मंगोल नेशनल अर्गनाइजेशन गोर्खा जिल्ला सभाको ऎतिहासिक चौथो जिल्ला अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ ।
सदरमुकाम गोर्खा बजारमा मंगलबार चैत ७ गते चौथो जिल्ला अधिबेशन  मुल आयोजक सभाका संयोजक नबिन घलेको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय सभाका  सचिव सन्तोष तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
कार्यक्रमको विशिष्ट अतिथिहरुमा मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय सभाका प्रचार सचिव मणि पापो लिम्बु रहनु भएको थियो भने अतिथिहरुमा  केन्द्रिय सर्वोच्च सभाका सदस्य द्वय सान बहादुर मेचे र   रिन्छेन तामाङ, केन्द्रीय सदस्य हरु  प्रेम छिरिङ शेर्पा , शिब बहादुर गुरुङ, प्रविना थापा मगर, विष्णुमान विक,  गङ्गा खपाङ्गि, लुम्बिनी  प्रदेश सभाका अध्यक्ष नर बहादुर गुरुङ,  चितवन जिल्ला सभा अध्यक्ष टेक तामाङ,  तेस्रो ऎतिहासिक लमजुङ  जिल्ला अधिबेशन मुल आयोजक सभाका संयोजक विकास गुरुङ,  जिल्ला  सभा तनहुँका अध्यक्ष सुस्मा आले,  जिल्ला सभा कास्कीका अध्यक्ष यज्ञ गुरङ ,  जिल्ला सभा म्याग्दीका अध्यक्ष डिके पुन,  जिल्ला सभा स्याङ्जाका अध्यक्ष विर बहादुर गुरुङ र   जिल्ला सभा नवलपुरका अध्यक्ष धन सिंह गुरुङ हुनुहुन्थ्यो ।
कार्यक्रममा अधिवेशनको बन्द सत्र बाट सर्वसहमतीमा चयन हुनु भएका जिल्ला सभाका पदाधिकारीहरु लाई कार्यक्रमका समपुर्ण अतिथिहरुले कार्यकालको शुभकामना प्रदान गर्नु भएका थिए। चौथो जिल्ला अधिबेशनको   चैत ०६ सम्पन्न  बन्द सत्रले  मन कुमार थापा मगरको अध्यक्षतामा तिन सल्लाहकार सहित २९ जना पदाधिकारीहरु सर्वसम्मत चयन गरेको थियो । जिल्ला सभाको  सचिवमा याम गुरुङ, कोषाध्यक्षमा कृष्ण तामाङ , सह सचिवमा पन्च माया गुरुङ, प्रचार सचीवमा तेम्बा घ्याल्जेन , वरिष्ठ सदस्यमा नेम बहादुर गुरुङ र मान बहादुर गुरुङ र सदस्यहरुमा प्रेम बराम, सेर बहादुर गुरुङ, राम लामा, प्रसाद गुरुङ, नुमा घले, अनिता बराम, अनिता थिङ तामाङ, रेशम गुरुङ, तुल बहादुर तामाङ, विमला तामाङ, सार्कि घले, सेवा राज गुरुङ, मंगल बहादुर गुरुङ, कल्याण अछामि, मनकाजि मक्राति, विर लाल गुरुङ, गौरि गुरुङ, रुद्र थापा, गङ्गा राना, कृष्ण कुमारी घले श्रेष्ठ र नविन घले रहनु भएको छ  ।
चौथो ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन गोरखा जिल्ला अधिवेशन मुल आयोजक सभाका  सदस्य गङ्गा राना मगरले स्वागत मन्तव्य दिनुभएको थियो भने  कृष्णा कुमारी घले श्रेष्ठले कार्यक्रम संचालन गर्नु भएको थियोे।









