महामानव ड.गोपाल गुरुङको शालिक बनिदै।

Gurkhas Online Tv
Gurkhas Online Tv११ चैत २०७९, शनिवार

बायाँ : सहयोगी मन कुमार लुङ्फुङ्वा,दायाँ : महामानव ड.गोपाल गुरुङ

सागर मंगोल,झापा/मंगोल नेशनल अर्गनाइजेशनका फाउण्डर प्रेसिडेन्ट महामानव ड. गोपाल गुरुङज्युको पूर्ण कदको शालिक निर्माण हुने भएको छ ।

२०२३ मार्च २५ तारिखका दिन झापामा रहेको मंगोल रिसर्च सेन्टर सञ्चालन सभाको आयोजनामा मंगोल रिसर्च सेन्टरको सभाहलमा सम्पन्न एक कार्यक्रम बिच कार्यक्रमका प्रमुख अतिथी संगठनका प्रेसिडेन्ट बुद्धलाल मेचेले महामानव ड. गोपाल गुरुङ ज्युको पूर्ण कदको शालिक निर्माण गरिने घोषणा गर्नु भएको हो । 
महामानव ड. गोपाल गुरुङ ज्युले मंगोल समाजमा लगाउनु भएको गुणको न्याय गर्दै महामानव ड. गोपाल गुरुङ, मंगोल नेशनल अर्गनाइजेशन र मंगोलवाद दर्शनलाई मूलबासी मंगोलहरुको साझा सम्पत्तिको रुपमा स्थापित गर्न उक्त शालिक निर्माण गर्ने प्रेसिडेन्ट मेचेले बताउनुभयो । 
शालिक निर्माणका लागि एम.एन.ओ प्रवास सभा हङकङका सदस्य मनकुमार लुङ्फुङ्वा लिम्बुले रु.६,००,०००/-(रु. छ लाख मात्र ) प्रदान गर्नु हुने भएको छ । उक्त शालिक के.डी मूर्तिकला एन्ड चित्रकार उद्योगका प्रबन्धक तथा प्रसिद्ध मूर्तिकार के. डी याक्खा देवानले बनाउने भएका छन । उक्त शालिकलाई झापा जिल्लाको मेचिनगर पालिका वडा -२ मा रहेको मंगोल रिसर्च सेन्टर भवनको प्राङ्गणमा राखिने छ ।

उक्त कार्यक्रममा विशिष्ट अतिथी संगठनका प्रवक्ता दिलिप धिमाल, अतिथिहरु प्रचारप्रसार सचिव मणि पापो, सर्वोच्च सभाका सदस्यहरु टोमराज थाम्सुहाङ, अकल तामाङ, सान बहादुर मेचे, केन्द्रिय सदस्यहरु मेलिना तामाङ, दिलवरी राई, दोस्रो कोशी प्रान्तीय अधिवेशन आयोजक सभाका सचिव लासिमहाङ लिम्बू, प्रचारप्रसार सचिव देव धिमाल, सदस्यहरू प्रकाश हाङ्खिम, राजेन्द्र चेम्जोङ, राज कुमार लावती, अर्जुन लोवा  रहनुभएको थियो । झापा जिल्लाका पदाधिकारीहरु, विभिन्न नगर तथा गाउँसभाका पदाधिकारीहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको सभाध्यक्षता मंगोल रिसर्च सेन्टर सञ्चालन सभाका संयोजक शान्तिलाल धिमालले गरेका थिए भने सचिव सागर राईले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया