ए मुलवासी मंगोलहरु हो.....

सागर मंगोल
सागर मंगोल१४ चैत २०७९, मङ्गलवार

लेखक: सागर मंगोल

ए मूलवासी मंगोलहरु हो ... 
सर्वाङग रित्तो बनेर 
आफ्नै भूगोलमा विरानो भइ
जरा विनाको रुख जस्तै 
व्यर्थको जिन्दगी बाँचिरहेछौ किन ?

विश्व थर्काउने वीर पुर्खाका सन्तान 
आज कसरी आफ्नै भुगोलमा कायर भयौ?
तिम्रो स्वाबलम्बी र स्वाभिमानी शिरलाई 
कुन नीतिले झुक्ने बनायो? 
यो माटोको मालिक तिमीलाई 
सुकुमवासी र अनागरिक कसले बनायो ?

उठ, जुट र जुझ नयाँ ईतिहास र युगको लागि 
अब जाती, पार्टी र धर्मभन्दा माथि उठ्नु छ । 
अभावग्रस्त जीवनसंग संघर्ष गर्दै,
मुक्तिको लडाई लडनु छ । 
मूलवासी मंगोल अस्तित्व र भविष्य सुनिश्चित गर्नु छ ।
समानता, स्वतन्त्रता, भातृत्व,
शान्ती, सुशासन अनि न्यायपूर्ण समाज 
समृद्ध र समुन्नत नेबाल निर्माण गर्नु छ ।

प्रतिक्रिया