शुक्लागण्डकीको गाछेपानीमा एकदिने मंगोलराष्ट्रवादसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न।

Gurkhas Online Tv
Gurkhas Online Tv१९ चैत २०७९, आइतवार

कार्यक्रमका क्रममा लिइएको ऎतिहासिक तस्बिर

सुस्मा आले,तनहुँ/मंगोल नेशनल अर्गनाइजेशन शुक्ला गण्डकी नगर सभा तनहुँको आयोजनामा मुलवासी मंगोल राष्ट्रवाद सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
मिति २०७९/१२/१९ तदानुसार 2nd April, 2023को दिनमा मंगोल नेशनल अर्गनाइजेशन शुक्ला गण्डकी नगर सभाका अध्यक्ष नम बहादुर राना(प्रताप)को सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेशन, केन्द्रिय सदस्य प्रविना थापा मगरको प्रमुख आतिथ्यततामा शुक्ला गण्डकी न.पा.वडा -०४, गाछेपानीम लोकसमुदायहरुको  बाक्लो उपस्थितिमा सम्पन्न भयो ।
विशिष्ट अतिथिमा मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रदेश सभाका सदस्य भक्त बहादुर गुरुङ हुनुहुन्थ्यो ।
अन्य अथितिमा मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँका अध्यक्ष सुस्मा आले, सचिव भिम बहादुर थापा, सदस्य सुमन थापा मगर, सदस्य मधुकर थापा मगर, सदस्य शक्ति राना र सल्लाहकार ज्ञानि माया थापा मगर हुनुहुन्थ्यो । 
प्रशिक्षकज्युले उपस्थित स्थानीय लोकसमुदायहरुलाई मानव अस्तित्व र लुकाइएका नेपालको असली ईतिहासहरुको बारेमा प्रस्ट्याउदै बाहुनवाद र हिन्दुवादको पराकाष्ठा पारी अब यो देशका मुलवासी मंगोल मगर, गुरुङ राई,लिम्बू, दमाई, कामी, सार्की, कोचे, मेचे, थारु, धिमाल आदि विभिन्न जातजातिमा विभाजन नभई मुलवासीहरुको साझा संगठन मंगोल नेशनल अर्गनाइजेशनमा आबद्ध भइ मानव सरह बाच्नुपर्छ भन्दै अत्यन्तै प्रभावकारी प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण पस्चत शिवराज गुरुङ ज्युको अध्यक्षतामा  ७ सदस्यीय सहित मंगोल नेशनल अर्गनाइजेशन शुक्लागण्डकी न.पा. वडा-९ वडा सभा गठन भएको थियो। सदस्यहरुमा क्रमश सन्तोष गुरुङ, राजन गुरुङ ,संगम गुरुङ , धन गुरुङ , मुक्त गुरुङ र दोक बहादुर तामाङ, हुनुहुन्थ्यो । 
मंगोल नेशनल अर्गनाइजेशन शुक्लागण्डकी नगर सभाका सदस्य फणेन्द्र रानामगरले स्वागत मन्तव्य दिनुभएको थियो भने मंगोल नेसनल अर्गनाइजेशन शुक्ला गण्डकी नगर सभाका सचिव सुमन थापा मगरले कार्यक्रम संचालन गर्नु भएको थियोे ।

प्रतिक्रिया