मस्तिष्कको प्रयोग, राजनीतिक परिदृश्य र युवाको भुमिका

Gurkhas Online Tv
Gurkhas Online Tv१३ असार २०७९, सोमवार

लेखक : बर्देश मेचे

 

पृथ्वी जहाँ अदभूत तथा सुन्दरतम सृष्टिका साथै मानव निर्मित भौतिक तथा आध्यात्मिक संसार छ।मानव उद्बिकास हुदै विभिन्न ऐतिहासिक कालखण्डहरुलाइ पार गरेर मानव समाज आधुनिक युगमा प्रवेश गरेसंगै यसको रहस्य बुझ्न मनमा अनेकन कौतुहलता जागेको छ। बैज्ञानिक खोज र अनुसन्धान चरमोत्कर्समा पुगिरहेको बेला त्यही तथ्यगत खोजको अध्ययन पश्चात् प्राप्त जानकारीहरु मनभित्र ओइरिरहन्छ ।विविध प्रश्नहरुको उत्तरको खोजिमै तल्लीन रहिरहने मस्तिष्कको यो अदभूत कार्यले कहिलेकाही अचम्मित तुल्याउछ। त्यस्ता कयौं प्रश्नहरु मनमा उब्जन्छन जुन आफ्नै सुरमा हिडिरहेका, थरीथरीका सोच र दृष्टिकोण भएका मानिसहरुलाइ अनौठो एवम् हास्यास्पद पनि लाग्न सक्छ ।
यो बिसाल ब्रह्माण्ड ,त्यहाँ रहेका कयौं तारामण्डलहरु ,त्यसभित्र पनि सानो सुर्य र सुर्यको परिवारको रुपमा रहेको अति साना ग्रह-उपग्रहहरु,त्यसमध्ये पनि तेस्रो सानो ग्रह पृथ्वी जसमा हामी अती सुक्ष्म जीव मानिस जस्तै लाखौं -करोडौं प्राणिहरुको अस्तित्व धर्तीमा बिद्यमान छ । तर हामी मानिस आफुलाइ ठुलो ठानिरहेका छौं ,किन? मानिस -मानिसबिचमै भेदभावको स्थिति सृजना गरेका छौ, किन? यस्ता धेरै प्रश्नहरु तेर्सिरहन्छन जसले अनिवार्य खोजकर्ता बन्नैपर्ने कुराको बोध गराउछ । संसारमा रास्ट्रहरुको उत्पत्ति कसरी भयो? त्यसबरे क-कसले खोज गरे र कसको खोज तथ्यको नजिक छ , यि बारे जानकारी लिनु उपयोगी छ कि छैन ? मस्तिष्कमा केवल जानकारी मात्रै थोपरिरहनु लाभदायक छ ? के जानकारी नै ज्ञान हो? ज्ञान, बुद्धि ,जानकारीबिचमा के भिन्नता छ? यस्ता हजारौं प्रश्नहरु गोलमटाेल भएर दिमागमा आउछन् र उत्तरको खोजीमा लाग्न त्यही मस्तिष्कका कोशिकाहरुले प्रेरित गराउछ । यो चंचल मस्तिष्कको अदभूत क्षमताको आफ्नो अनुभव तपाईंहरुमाझ साझा गर्दैगर्दा यहाँहरुको मस्तिष्कमा पनि स्वभाविक रुपमा प्रश्नहरु उब्जिएका हुन सक्छन् तर त्यसलाई सचेतनपुर्वक ध्यान दिनुभएको छ कि छैन? एकपटक गहिरिएर बिचार गरौं सबैले । आज बिस्वमा गरिएको खोज, अनुसन्धान अनुसार मानिसहरुले आफ्नो दिमागको ५ प्रतिशत पनि प्रयोग गरेका छैनन् । यसबाट के बुझिन्छ त भन्दा मस्तिष्कको सम्भावना असीमित छ , यसको अथाह रुपले प्रयोग गर्न सकिन्छ तर प्रयोग भने भएको छैन ।

माथी उल्लेखित कुरा यहाँहरुको निम्ति नौलो हुन सक्ला , कतिपयले अनावश्यक ठान्नु होला र यो विषय अनुचित रहेको पनि भन्ठान्नुहोला ।त्यसमा मेरो कुनै गुन्जायस रहने छैन किनकी तपाईहरु कुन कुरामा अभ्यस्त हुनुहुन्छ भन्ने मलाई स्पष्ट रुपले थाहा छ। मेरो चाहना द्विविधा उत्पन्न गराउने पनि होईन तर लोकतन्त्रमा फरक बिचार आउछ ,त्यसमा कसैको विमती हुन्छ नै तर बिचार मन नपरे तापनि कसैको अभिव्यक्ति स्वतन्त्रताको हकको सवालमा हामी उभिदिनुपर्छ ।यसको सिद्धान्त दोहोरो लागू हुन्छ र यो लोकतान्त्रिक अभ्यास पनि हो । कुराको सिलसिला बरालिदै-बरालिदै राजनीतिमै ठोकिँनपुग्छ ,होइन त ? मैले माथी मस्तिष्कको प्रयोग बारे लेख्नुको मुल आसय चेतनाविहिन अवस्थामा पुर्याइएका, आखा भएर पनि यथार्थता देख्नै नसक्ने बनाइएका, कान भएता पनि सुन्ने मनिस्थिती नै नभएका , जिब्रो हुदाहुदै पनि गोंगाको अवस्थामा पुर्याइएका यहाँका बहुसंख्यक ८० प्रतिशत अहिन्दु मुलबासि मंगोलहरुलाइ दिमागको महत्त्व बुझाउने प्रयास हो। किनकी हामीबाट यसको प्रयोग भएकै छैन तर अब हुनुपर्छ । मस्तिष्क कता कता दौडिरहदा नेपालको वर्तमान राजनीतिक अवस्थाबारे पनि केही हरफहरु कोरुं।
२०५२सालमा युगपुरुस डा : गोपाल गुरुङ ज्युले दिनु भएको लिखित दुरदर्शि सल्लाह प्रति तत्कालीन राजा बिरेन्द्र नकारात्मक थिएनन् भन्ने कुरा यताकता पढ्न र सुन्न पाइन्छ तर यथार्थता के हो त्यो खोजको विषय नै हो । कसैले भनेको आधारमा बिश्वास गरिहाल्नु अथवा अविश्वास गर्नुभन्दा स्वयं खोजकर्ता बन्न जरुरी छ। आफ्नै खोज तथा अनुभवले सन्तुष्टि प्रदान गर्छ र तथ्यगद बिस्लेषण गर्न पनि सघाउ पुर्याउछ ।बर्तमान राजनितीक परिवेश सोही दुरदर्शि सल्लाह बमोजिमको ब्यवस्थाको कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । लोकतन्त्र ,धर्मनिरपेक्ष र प्रान्तीय सरकार संविधानको प्रस्तावनामै उल्लेख गरिनुपर्ने मंगोल नेसनल अर्गनाइजेसनको मागको औचित्य आज पुष्ठि हुदै गइरहेको छ। संविधानत :यी महत्त्वपूर्ण कुराहरूको प्रतिरोध नहुने खाका तयार हुनुपर्थ्यो तर एक त धर्मनिरपेक्षको अपब्याख्या गरेर हामीलाइ गुमराहमा राख्ने कार्य गरियो भने भविस्यमा धर्मसापेक्ष राज्य पुनः स्थापित गर्ने उद्देश्यलाइ पुनर्जीवित गराउने प्रयास बाहुनवादीहरुले गरे। परिणामत: संबैधानिक धारा अन्तर्गत धर्मनिरपेक्षलाई पेचिलो बनाउने तयारी सहित हिन्दु रास्ट्रको निम्ति जनमत संग्रह हुनुपर्ने जस्ता अडान राख्न पनि बाहुनवादिहरुले पाए । प्रस्तावनामा उल्लेख भएको हुन्थ्यो त टाउको उठाउने प्रयत्न पनि हुन्नथ्यो तर तिनीहरुले आफ्नो लागि खाली ठाउ राखे र धर्मनिरपेक्षलाई धारा अन्तर्गत नै सिमित राखे । यो उनीहरुको दुरगामी सोच थियो , सत्तामा आसिन कांग्रेस र तथाकथित कम्युनिस्टहरुले चाहेर यो ब्यवस्था आएको होइन भन्ने कुरा त उनीहरुको बिगत र बर्तमानको राजनीतिक गतिविधि र अभिव्यक्तिले स्पस्ट पार्छ ।कांग्रसी महामन्त्री ससांक कोइरालाले त हिन्दु रास्ट्र र धर्मनिरपेक्ष बारे जनमत संग्रह हुनुपर्ने भन्ने कुरालाई त अभियानकै रुपमा अगाडि सारेका छन । कम्युनिस्ट भन्न रुचाउनेहरु पनि उहीँ मार्काकाहरु हुन,अर्को जनवादी क्रान्तिको बकम्फुसे कुरा गर्नेले त झन राजाको आवश्यकता रहेको जिकिर गर्न थालेको छ, राजावादीहरु पनि टाउको उठाउने सुरसार गर्दैछन् ,यो नेपालको आंसिक परिवर्तनमा पनि उनीहरु अत्तलिएका छन र क्रान्तिको विरुद्ध प्रतिक्रान्ति निम्त्याउने तरखरमा छन् । बाहुन क्षेत्रिहरु लोकतन्त्रवादी ,धर्मनिरपेक्ष पक्षधर ,संघियताप्रेमी हुनै सक्दैनन भनेर चर्को रुपमा मंगोल नेसनल अर्गनाइजेसनले बोलेको कुरा नै सार्थक बन्दै गएको छ। उनिहरु वास्तवमै यसका बिरोधिहरु हुन् भन्ने कुरा त उनिहरुको वर्तमानको ब्यवहारले प्रष्ट पारेको छ। यहाँका मुलबासी मंगोलहरुको प्रगति देख्न र सहनै नसक्ने अप्रगतिवादी ,अतिहिन्दुवादी ,वाहुनवादिहरु नै शक्तिमा रहेकाले यो हविगत भएको हो ।इतिहासमा पनि उनिहरु हामीप्रति एकदमै क्रूर थिए वर्तमानमा पनि उनिहरुले हामिप्रती दयाको भाव दर्साए पनि त्यो फगत षड्यन्त्रको जालो मात्रै बुनेको हो। यो सत्य हो तर यस्लाइ बुझ्ने सामर्थ्य नहुनु हाम्रो कमजोरी हो।

नेपालको माटाेको निम्ति सुहाउँदो ,नेपाली विविधतामय समाजलाइ एकताको सुत्रमा वाध्न सक्ने उन्नत ब्यवस्था लोकतन्त्र ,धर्मनिरपेक्ष र प्रान्तिय सरकारनै हो। भारतकोविविधतालाइ एकतामा उन्नु जसरी लोकतन्त्रको कार्य थियो त्यसरी नै दक्षिण अफ्रिकामा सेता अल्पसंख्यकहरु बाट काला मुलबासी बहुसंख्यकहरुमा राजनीतिक, आर्थिक ,सामाजिक शक्ति पुर्याउनुमा लोकतन्त्रको भुमिका रहेको हो, ब्राजिलमा भने सैनिक शासनको अन्त्य गरि जनतामा शक्ति हस्तान्तरण गर्नमा लोकतन्त्रको भुमिका देखियो । यसको उपदायता संसारमा विभिन्न किसिमले भएको छ । नेपालको सन्दर्भमा पनि यो अत्यन्तै उपयोगी ब्यवस्था हो तर यो अभ्यासमा निर्भर रहन्छ । नेपालमा हिन्दु आर्यहरु बाट यसको गलत अभ्यास भैरहेको छ किनकि उनिहरुलाइ थाहा छ यसको सहि रूपमा अभ्यास गरिएको खण्डमा मुलबासिहरु फल्नफुल्न पाउछन् ,संगठित बनेर मुक्तिको यात्रा  तय गर्न सक्छन् ,सबैखाले अन्याय -अत्याचारको बर्खिलाफ सान्तिपुर्वक लड्न सक्छन् , वर्णभेदको पोल खोल्न सक्छन् ,चेतना छर्ने अभियानमा जुट्न सक्छन् ,बाहुनक्षेत्रिहरुको पिछलग्गु होइन प्रतिस्पर्धि, समकक्षी बन्न सक्छन् ,सासित मात्रै होइन रास्ट्रपति बनेर देश हाक्न सक्छन् ,संचालित होइन स्वचालित भइ आफ्नै खुट्टामा उभिन सक्छन् ।यस्ता धेरै महत्त्वपुर्ण कुराहरु सताब्दिऔं बहिष्करणमा परेका यहाँका ८०% अहिन्दु मुलबासी मंगोलहरुले गर्न सक्नेछन् । तर साम्राज्यवादि हिन्दूआर्य बाहुन क्षेत्रीहरु त्यो चाहदैनन् ।हाम्रो उत्थानमा उनीहरुको पतन सजिलै देख्न सक्छन्। यसकारण उनीहरुले हामिप्रती बाहिरी रुपमा भलो चिताए पनि अन्ततोगत्वा हामीलाई खाडलमा जांक्छन नै । यो उनीहरुको पुस्तेनी पेसा जस्तै बनिसकेको छ त्यसैले मुलबासी मंगोलहरु राजनैतिक रुपले सजग ,सतर्क र चेतनसिल हुन नितान्त जरुरी छ। साम्राज्यवादी हिन्दु आर्यहरु हाम्रो ध्यान खिच्न सिपालु हुन्छन् ,क्रान्तिकारी कुरा गरेर मक्ख पार्न सक्छन् ,मिठो भासण गरेर मन्त्रमुग्ध पनि बनाउन सक्छन् ,यसमा उनिहरु अभ्यस्त छन् तर हामि भने त्यसैमा अलमलिएका छौं । उनिहरुले गर्दिन्छन कि भनेर तिनीहरुप्रती नै आस्थावान छौँ ।तर हिन्दु आर्यहरुले हाम्रो निमित्त गरेको बाचा प्रतिबद्धता कहिल्यै पूरा हुदैन,त्यसपछि हाम्रो उमेर ढल्किदै जान्छ ,सिक्नुपर्ने कुराहरु समयमै नसिकेपछी अन्तिममा पछुताउनु सिवाय अर्को विकल्प रहदैन । आफू अयोग्यनै रहेको भान हुन्छ ।प्रथाझैं चली आएको हाम्रो दुर्भाग्य पुस्ता -पुस्ता हस्तान्तरण हुने क्रममा छ, यो क्रमलाई भंग गर्न राजनैतिक रुपले चेतनसिल हुनैपर्छ अनि मात्रै आगामी पिढिको भविस्य सुरक्षित रहन सक्छ ।

राजनीतिक चेतनाको अभाव रहेको समाजमा खराब ब्यक्ति वा समूहले शासन गर्न सक्छन् ,नेपाली समाज त्यस्को उदाहरण हो। शक्ति प्राप्त अधिकारिहरुबाट जनतालाइ गुमराहमा राख्न हरतरहको प्रयास हुन्छ । हिन्दु आर्यहरु बाट निरन्तर त्यही कार्य भैरहेको छ। उनीहरु सबैको अस्तित्व कायम रहोस् भन्ने मनोभाव नराख्ने तर बाहिरी रुपमा सहअस्तित्वको कुरा बोलिदिने अनौठो प्राणि हुन् ।यिनिहरुबाट हाम्रो भलाइ हुनै सक्तैन भन्ने कुरा समयमै बुझ्नु बुद्धिमानी ठहरिन्छ । मैले राजनीतिक सन्दर्भलाई जोडेर लेख्दा लेख्दैनै लेखले अर्कै मोड लिएछ।

अन्त्यमा राजनितीप्रति हाम्रो मस्तिष्कलाई सदैव नकारात्मकराख्न चाहने बिखालु षड्यन्त्र बुझ्ने प्रयास गरौं । राजनीति फोहोरी खेल होइन तर फोहोरी खेलको रुपमा परिवर्तन गरिएको छ भन्ने यथार्थतालाई बुझौं र संलो र पबित्रखेलको रुपमा रुपान्तरण गर्ने अभियानमा सकारात्मक सोच लिएर अगाडि बढऔं। यसैमा हाम्रो भबिस्य निहित छ । हामीले राजनीति सिक्नुपर्ने ,बुझ्नुपर्ने ,गर्नुपर्ने न त रहर हो न त बाध्यता ,यो आवश्यकता हो भन्ने कुरा बुझौं र बुझाऔं। जै मंगोल !

प्रतिक्रिया