उप निर्वाचनका लागि मंगोल नेशनल अर्गनाइजेशनको उम्मेदवारी दर्ता

Gurkhas Online Tv
Gurkhas Online Tv२० चैत २०७९, सोमवार

मनोनयन दर्ता कार्यक्रमको ऎतिहासिक तस्बिर

काठमाण्डु/वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उप चुनावका लागि मंगोल नेशनल अर्गनाइजेशनले  बारा , चितवन र तनहुँ  जिल्लाको तीन क्षेत्रमा आफ्नो उमेदवार खडा गरेको छ । निर्वाचन आयोगले वैशाख १० गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य उप निर्वाचनको लागि राजनीति दलहरुलाई चैत २० गते सोमबार उम्मेद्बारी दर्ताका लागि आह्वान गरेपछि मंगोल नेशनल अर्गनाइजेशनले पनि उम्मेद्बारी दर्ता गरेको हो । 
चितवनमा एम. एनओ.का नेता तथा कार्यकर्ताहरु नारा जुलुस सहित निर्वाचन अधिकृतको कार्यलयमा पुगेर आफ्नो उम्मेद्बारी दर्ता गराएका छन्।चितवन जिल्लाको प्रतिनिधि सभा सदस्य  क्षेत्र न. २ मा हुने उप निर्वाचनमा एम.एन.ओ.ले  चितवन जिल्ला सभाका अध्यक्ष टेक बहादुर तामाङले उम्मेद्बारी बनाएको छ । यस अघि मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश  सभा सदस्य निर्वाचनमा उक्त क्षेत्रमा उहाँले नै उम्मेद्बारी दिनु भएको थियो । त्यस्तै तनहुँमा पनि नारा जुलुस सहित मंगोल नेशनल अर्गनाइजेशनले आफ्नो उम्मेद्बारी दर्ता गराएको छ । तनहुँको प्रतिनिधि सभा क्षेत्र १ मा जिल्ला सभा तनहुँका  पुर्व अध्यक्ष  प्रेम बहादुर थापा मगरले उम्मेद्बारी दिनु भएको छ । उहाँ पनि मंसिर ४ मा भएको निर्वाचनमा सोही क्षेत्रबाट उमेदवार बनेर निर्वाचनमा सहभागी बन्नु भएको थियो । त्यसै गरि बारा जिल्लाको क्षेत्र न. २ मा पनि एम.एन.ओले आफ्नो उमेदवार खडा गरेको छ । उक्त स्थानमा संगठनले प्रमोद राम चमारलाई उमेदवार बनाएको छ ।

प्रतिक्रिया