दुवै खुट्टा गुमाएका हरि बुढा मगरले सगरमाथा चढ्दै

Gurkhas Online Tv
Gurkhas Online Tv२२ चैत २०७९, बुधवार

हरि बुढा मगर

विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने आँट जो कसैले गर्न सक्दैनन तर दुवै खुट्टा नभएका हरि बुढा मगरले सर्वोच्च शिखर सगरमाथा चढ्दैछन भन्दा तपाईहरुलाई अचम्म लाग्न सक्छ। तर वास्तविकता यही हो। अप्रिल ३ तारिख नेपाल मगरसँगले ललितपुरको जावलाखेल स्थित रिडि लन्जमा एक कार्यक्रम आयोजना गरि हरि बुढामगरलाई सगरमाथा आरोहण सफलताको कामना गरेको थियो। नेपाल मगर सँघका अध्यक्ष ज्ञानेन्द्र पुन मगर को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल मगर सँघका पुर्व अध्यक्ष नवीन रोका मगर,संरक्षक गौ बहादुर आले मगर,मान बहादुर बुढा मगर,सल्लाहकार मुकड बुढा मगर लगायत नेपाल मगर महिला सँघका अध्यक्ष हिरु राना मगर ज्युहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो। नेपालको विकट जिल्लाहरु मध्ये एक मानिने रोल्पा जिल्लाको एक साधरण परिवारमा सन 1979 मा जन्मिएका हरि बुढा मगर सन 1999 मा रोयल गोर्खा राइफलमा भर्ती भै अफगानिस्तानमा पेट्रोलिङ गर्ने क्रममा विधुतिय धरापमा परि सन 2010 मा दुवै खुट्टा गुमाएका थिए। यस अघि हरि बुढा मगरले युकेको सबै भन्दा अग्लो हिमाल बेन नेभिस,अफ्रिकाको किलमान्जारो,फ्रान्सको मन्ट ब्लान्क र नेपालको अन्नपुर्ण सहित छ हजार मिटर भन्दा अग्ला हिमालहरु सफल आरोहण गरि सक्नु भएको छ।

https://www.youtube.com/watch?v=hoRY11f58aY    

प्रतिक्रिया