उपनिर्वाचनलाई लक्षित गर्दै तनहुँमा एम.एन.ओ.को घरदैलो अभियान तथा तीव्र प्रचारप्रसार

Gurkhas Online Tv
Gurkhas Online Tv२३ चैत २०७९, बिहिवार

प्रचारप्रसारका क्रममा लिइएको तस्बिर

तनहुँ /आउँदै गरेको वैशाख १० गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य उप निर्वाचनमा आफ्नो उमेदवारलाई विजयी बनाउन  मंगोल नेशनल अर्गनाइजेशन, जिल्ला सभा तनहुँले चुनावी अभियानको सुरुवात गरेको हो।
आकस्मिक जिल्ला बैठकबाट जिल्ला सभा तनहुँका अध्यक्ष सुस्मा आले मगरको संयोजकतामा  चुनाव प्रचार प्रसार सभा निर्माण गरी तनहुँको प्रतिनिधि सभा क्षेत्र न.१ मा चुनावी अभियानको थालनी गरेको संयोजक आले मगरले बताउनु भएको छ। आले मगरका अनुसार बुधबारबाट गाउँ गाउँमा मतदाताहरुसंग एम.एन.ओ.का उम्मेदवारलाई चुनाव चिन्ह कुखुराको भालेमा  मत माग्न सुरु गरिएको छ। "लोकतान्त्रिक पद्धतिलाई संस्थागत गर्दै यहाँका ८०% अहिन्दु मुलवासी मंगोलहरुको हक,अधिकार र अस्तित्वको निमित्त  एम.एन.ओ का उम्मेदवारलाई जिताऔं भन्ने मुल नारा लिएर हामी गाउँ गाउँमा मतदाता माझ जादैछौं"उहाले भन्नू भयो । चुनावी अभियानमा केन्द्रीय सदस्य , प्रदेश सभाका पदाधिकारीहरु तथा  गाउँ,नगर सभाका पदाधिकारीहरुको सहभागीता रहेको छ । यस क्षेत्रमा संगठनले तनहुँ जिल्ला सभाका पुर्व अध्यक्ष तथा वर्तमान जिल्ला सल्लाहकार प्रेम बहादुर थापालाई लोकसमुदायको मागअनुसार उम्मेद्बारी बनाएको र जनतहरु कुखुराको भालेमा खुशी साथ भोट हाल्न तम्तयार अवस्थारहेको पनि उहाँले बताउनुभयो। तनहुँ  क्षेत्र न.१ अन्तर्गत  व्यास नगर पालिका, भानु नगर पालिका, बन्दिपुर गाउँ पलिका, आबुखैरेनि गाउँ पलिका र देवघाट गाउँ पालिकाहरु रहेका छन। यी सबै गाउँपालिका र नगरपालिकामा निरन्तर चुनावी प्रचारप्रसारको योजना बनाइसकेको संयोजक आलेले बताउनुभएको हो।

प्रतिक्रिया