प्रथम ऎतिहासिक एम.एन.ओ.,मेचीनगर-०३ वडा अधिवेशन सभ्य र भव्यरुपमा सम्पन्न।

सागर मंगोल
सागर मंगोल२६ चैत २०७९, आइतवार

कार्यक्रमका क्रममा लिइएका तस्बिर

सागर मंगोल,झापा/ एम.एन.ओ. मेचिनगर-३ प्रथम वडा सभा अधिवेशन सम्पन्न भएको छ । अप्रिल ८ तारिखका दिन अधिवेशन मूल आयोजक सभाका संयोजक खगेन्द्र तामाङको सभाध्यक्षतामा एवं संगठनका केन्द्रिय सचिव सन्तोष तामाङको प्रमुख  आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न  भएको हो । 
उक्त अधिवेशनको बन्द सत्रले खगेन्द्र तामाङको अध्यक्षतामा २३ सदस्यीय वडा सभा गठन गरेको छ । सचिव, कोषाध्यक्ष, सहसचिव, प्रचारप्रसार सचिवमा क्रमशः मनोज सुब्बा, लिला मेचे, सन्त लिम्बू, नारायण बलम्पाकी  रहनुभएको छ । सदस्यहरुमा गोविन्द राई, सनम धिमाल, एसन मेचे, नर बहादुर तामाङ, राजेन्द्र राई, बरुन सुनुवार, प्रतिमान तामाङ, मुना राई, रोहिनी गुरुङ, धन बहादुर श्रेष्ठ, विपिन धिमाल, रोहन मेचे, खण्डो धिमाल, डि.वि. मेचे रहनुभएको छ भने सल्लाहकारहरुमा सागर तामाङ, अम्बर सुनुवार, बाबुराम मेचे र भानुभक्त थापा मगर रहनुभएको छ । 

कार्यक्रममा अतिथिहरु मेचिनगर-१५ वडा सभा अध्यक्ष दिलिप राजवंशी, मेचिनगर-१३ वडा सभा अध्यक्ष भिम राई, मेचिनगर-७  वडा सभा अध्यक्ष मिङमा तामाङ, मेचिनगर सदस्यहरु अर्जुन धिमाल, नरेन धिमाल, सचिव किशोर धिमाल, अध्यक्ष सिनारा मेचे, झापा जिल्ला सचिव सागर दर्जी, विशिष्ट अतिथी लासिमहाङ मंगोलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रलाई सम्बोधन गर्दै प्रमुख अतिथी सन्तोष तामाङले नेपाली जनताहरुले आजसम्म पटक पटक अन्य राजनीतिक दलहरुबाट धोका खाँदै आएकाले मुलुकको दिगो विकास, उन्नती र प्रगतिको निमित्त अबको चुनावमा कुखुराको भालेमा अमुल्य मतदान गर्नुपर्ने कुरामा जोड दिनुभयो । साथै अब संगठनको मात्र नभएर समस्त जनताको नेता बन्नको निमित्त संगठनलाई मजबुत बनाउँदै अगाडि बढ्न सम्पूर्ण नेता तथा कारकर्ताहरुलाई निर्देशित गर्नुभयो । 

 कार्यक्रममा विशिष्ट अतिथी मेलिना तामाङ, मेचिनगर सभाका कोषाध्यक्ष नर बहादुर राई, सदस्य सोमवीर तामाङ, मेचिनगर-१० वडा सभा संयोजक गन्ज राई, मेचिनगर-११ वडा सभा सल्लाहकार भिष्णु धिमाल, मेचिनगर-९ प्रचारप्रसार सचिव रतन शेर्पा, मेचिनगर-५ वडा सभा सदस्य कृष्ण बहादुर राई लगायतका नेताहरुको आतिथ्यता रहेको थियो । स्थानीय वडाबासी लोक समुदायहरुको सौहार्द्पूर्ण उपस्थितिमा सप्पन्न उक्त कार्यक्रम अधिवेशन आयोजक सभाका सचिव सागर तामाङले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया