तेस्रो एतिहासिक एम.एन.ओ.,लमजुङ जिल्ला अधिवेशन सभ्य र भव्यरुपमा सम्पन्न।

Gurkhas Online Tv
Gurkhas Online Tv२६ चैत २०७९, आइतवार

अधिवेशनको र्याली प्रदर्शनका क्रममा लिइएको तस्बिर

सुस्मा आले,लमजुङ/तेस्रो ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन लमजुङ  जिल्ला अधिवेशनको खुल्ला घोषणा सभा सभ्य र भव्यरुपमा सम्पन्न भएको छ। 

8 एप्रल शनिबारका दिनमा लमजुङ जिल्लाको बेशीसहरस्थित फुलवारी मन्चमा अधिवेशनको मुल आयोजक सभाका संयोजक विकास गुरुङको सभाधक्ष्यतामा र केन्द्रिय मुल सचिव थम्मन बहादुर बुढा मगरको प्रमुख आतिथ्यतामा बृहत् लोकसमुदायको उपस्थितिमा बाजागाजाका बेशीसहर बजार परिक्रमा गर्दै  उक्त र्याली खुल्ला सभामा परिणत भइ उक्त कार्यक्रम सम्पन्न भएको हो। 
र्यालीमा हामी मंगोल हिन्दु होइनौं, जातजाति भन्दैनौं ,हिन्दु चाड मान्दैनौं, लोकतन्त्र हाम्रो प्राण हो, धर्म निरपेक्ष हाम्रो मुटु हो ईत्यादी नाराहरुले बेशीसहर गुन्जयमान भएको थियो।

सभामा विशिष्ट अतिथिहरुमा मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय सर्वोच्च सभाका सदस्यहरु श्याम लिम्बु र रिन्छेन तामाङ हुनुहुन्थ्यो। अन्य अथितिहरुमा मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय सभाका सदस्यहरु प्रेम छिरिङ सेर्पा, शिव बहादुर गुरुङ,  प्रविना थापा मगर, कुमार गुरुङ,  विष्णुमान विक,  गङ्गा खपाङ्गि, मंगोल नेसनल अर्गनाइजेसन प्रदेश सभाका अध्यक्ष नर बहादुर गुरुङ, दोस्रो एतिहासिक मंगोल नेशनल अर्गनाइजेशन कोशी प्रदेश अधिवेशनका मुल आयोजक सभाका संयोजक विकेन बान्तावा, मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रदेश  सभाका स-सचीव अनिता थापा मगर, कोषाध्यक्ष भिम बहादुर गुरुङ, बागमती प्रदेश सभाका प्रचारप्रसार सचिव क्षृषा तामाङ,  गण्डकी प्रदेश सभाका सदस्यहरु सरिता गुरुङ , ज्ञान बहादुर कुमाल,  सदस्य कुल कुमारी गुरुङ, पदम माया गुरुङ,गण्डकी प्रदेश सभाका सल्लाहकार देव  थापा मगर,  जिल्ला सभा चितवनका अध्यक्ष टेक तामाङ,  जिल्ला सभा गोरखाका अध्यक्ष मन कुमार गुरुङ,  जिल्ला  सभा तनहुँका अध्यक्ष सुस्मा आले,  जिल्ला सभा कास्कीका अध्यक्ष यज्ञ बहादुर गुरुङ, जिल्ला सभा पर्वतका अध्यक्ष ओल बहादुर गुरुङ, तेस्रो ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन म्याग्दी जिल्ला अधिवेशन मुल आयोजक सभाका संयोजक डि.के पुन,  जिल्ला सभा बागलुङका अध्यक्ष सागर घर्ती ,जिल्ला सभा स्याङ्जाका अध्यक्ष विर बहादुर गुरुङ र   जिल्ला सभा नवलपुरका अध्यक्ष धन सिंह गुरुङ हुनुहुन्थ्यो । 
सम्पूर्ण गण्डकी प्रदेशलाई प्रतिनिधित्व गर्दै मंगोल नेशनल अर्गनाइजेशन गोर्खा जिल्ला सभाका अध्यक्ष मन कुमार थापा, मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रदेश सभाका सल्लाहकार देव बहादुर थापा मगर, मंगोल नेशनल अर्गनाइजेशन बाग्मती प्रदेश सभाका प्रचार सचिव क्षृषा तामाङ, मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रदेश सभाका स सचिव अनिता थापा मगर, दोस्रो ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन कोशी  प्रदेश अधिवेशन मुल आयोजक सभाका संयोजक बिकेन बान्तवा, मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रदेश सभाका अध्यक्ष नर बहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय सभाका सदस्य प्रविना थापा मगर, मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय सभाका सदस्य शिव बहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय सभाका सदस्य प्रेम छिरिङ शेर्पा, मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय सर्वोच्च सभाका सदस्य रिन्छेन तामाङ, मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय सर्वोच्च सभाका सदस्य स्याम लिम्बु र मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय सभाका केन्द्रिय मुल सचिव थम्मन बुढा मगर प्रमुख अतिथिज्युहरुले नव निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई सफल कार्यकालको शुभ कामना दिनुहुँदै  शुभकामना मन्तव्य राख्नु भएका थिए।
चैत २५,२०७९ तदानुसार 6th April, 2023 मा जिल्ला सभा लमजुङको बन्दसत्रवाट खेम बहादुर गुरुङज्युको अध्यक्षतामा ६ सल्लाहकार सहित ४५ जना पदाधिकारीहरु सर्वसम्मत चयन हुनु भएको छ।क्रममा सचिवमा आषिस गुरुङ, कोषाध्यक्षमा विष्णु बहादुर गुरुङ , स सचिवमा बल बहादुर गुरुङ, प्रचार सचीवमा देउकी गुरुङ , सदस्यहरुमा पुर्ण बहादुर गुरुङ, हेम कुमारी गुरुङ, डम्बर कुमारी गुरुङ, दि कुमारी गुरुङ, सिता गुरुङ, लक्ष्मी गुरुङ,मुम बहादुर गुरुङ, कृष्ण  गुरुङ, बुद्ध गुरुङ, रेल बहादुर गुरुङ, राज गुरुङ, ढाकुर गुरुङ, राम बहादुर गुरुङ, बृखा गुरुङ, बृखा बहादुर तामाङ, तिर्थ बहादुर गुरुङ, भरत गुरुङ, कृष्ण बहादुर तामाङ, आश बहादुर गुरुङ, हस्त बहादुर गुरुङ, ठग बहादुर गुरुङ, निल बहादुर गुरुङ, विष्णु माया तामाङ, सुवेदार नवराज गुरुङ, मिसलाल गुरुङ, राज गुरुङ, बिमा गुरुङ, रत्न बहादुर गुरुङ, भिम बहादुर गुरुङ, सोनम गुरुङ, बिकास गुरुङ , प्रेम गुरुङ, सुरजङ गुरुङ, कमलराज गुरुङ, रामजी दर्जी,पुर्ण बहादुर गुरुङ चयन हुनु भएको छ ।
तेस्रो  ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेशन लमजुङ जिल्ला अधिवेशन मुल आयोजक सभाका  सचीव कमलराज गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो भने सदस्य प्रेम बहादुर गुरुङले कार्यक्रम संचालन गर्नु भएको थियोे।

प्रतिक्रिया