प्रथम ऎतिहासिक कमल वडा न.-०४, वडा अधिवेशन सम्पन्न र अध्यक्षमा चन्द्र विक्रम राई।

सागर मंगोल
सागर मंगोल२६ चैत २०७९, आइतवार

कार्यक्रमका क्रममा लिइएको ऎतिहासिक तस्बिर

सागर मंगोल,झापा/मंगोल नेशनल अर्गनाइजेशन ऐतिहासिक कमल वार्ड नं-०४ को प्रथम ऐतिहासिक अधिवेशनको खुल्ला घोषणा  कार्यक्रम सम्पन्न भएको छ।

अप्रिल ०८ ,२०२३ शनिबारको दिन पारुहाङ चौक,मयूरभित्ता टोलमा कमल -४ अधिवेशनका मुल आयोजक सभाका संयोजक रामलाल राईको सभाध्यक्षतामा एवम् संगठनका केन्द्रिय प्रचार-प्रसार सचिव मणि पापो लिम्बूको प्रमुख आथित्यतामा र विशिष्ट अथिती एम.एन.ओ केन्द्रिय सर्वोच्च सभा सदस्य सान बहादुर मेचेको आथित्यतामा कमल -४ प्रथम वार्ड सभा अधिवेशन सम्पन्न भएको हो । उक्त अधिवेशनबाट चन्द्र विक्रम राईको अध्यक्षतामा १७ सदस्यीय MNO कमल वार्ड नं ४ को ऐतिहासिक वार्ड सभा गठन भएको छ । सचिव ,कोषाध्यक्ष , सह - सचिव, प्रचारप्रसार सचिवमा क्रमशः अ.मू.मं विन्द्र कुमार राई, महेन्द्र राई, महेश्वर राई, टंकराज राई,रहनुभएको छ। सदस्यहरुमा : कमला राई , याम ब. राई , सुष्मिता राई, रत्न लिम्बू ,मिना गुरुङ ,दीपक राई ,शान्ति राई, मेनुका गुरुङ , पदम तामाङ , सकीला राई ,लाल बहादुर तामाङ , सम्भु मादेन लिम्बू क्रमश आदि रहनु भएको छ भने सल्लाहकारमा पदम राई र रिठ्ठी माया राई  रहनुभएको छ।
नवगठित पदाधिकारीहरुलाई प्रमुख अतिथि  लिम्बुले  पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो । 
कार्यक्रममा अतिथिहरु एम.एन.ओ कमल गाउँसभा अध्यक्ष हिजन राई,चुलाचुली गाउँ सभा अध्यक्ष दल बहादुर श्रेष्ठ, गौरादह नगर सभाध्यक्ष नविन लिम्बू , दमक नगरसभा अध्यक्ष गजेन्द्र मादेन, बिर्तामोड नगर सभा अध्यक्ष याम कुमार श्रेष्ठ ,झापा जिल्ला सदस्य प्रेम बहादुर लिम्बु ,झापा जिल्ला सदस्य शिखा लिम्बू ,ईलाम जिल्ला सचिव सुन्दर ओझि लिम्बू ,झापा जिल्ला अध्यक्ष वानीरा मेचे , एम.एन.ओ कोशी प्रदेश सभा दोस्रो अधिवेशन मूल आयोजक सभाको सल्लाहकार प्रकाश हंखिम राई,एम.एन.ओ कोशी प्रान्त सभा दोस्रो अधिवेशन मूल आयोजक सभाको सदस्य राजेन्द्र चेम्जोङ लिम्बू , एम.एन.ओ कोशी प्रान्त दोस्रो अधिवेशन मूल आयोजक सभाको सल्लाहकार तथा निवर्तमान एम.एन.ओ कोशी प्रान्त सभा सचिव सागर राई र विशिष्ट अथिति केन्द्रीय सर्वोच्च सभा सदस्य सान बहादुर मेचे र प्रमुख अथिति मणि पापो लिम्बू लगायतले आफ्नो शुभकामना मन्तव्य राख्नु भएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आथिति लिम्बुले मंगोल नेशनल अर्गनाइजेशनको सही मार्ग दर्शन बुझेर अगाडि बढ्नु पर्ने कुरालाई जोड दिदै एम.एन.ओ.ले आफ्नो माग र मुद्धाहरुलाई मुलुकभित्र संवैधानिक रूपमा नै स्थापित गरिसकेको र अबका दिनहरूमा राष्ट्रिय राजनीतिमा स्थापित हुँदै मुलुकको विकास र समृद्धिको निमित्त अगाडि बढ्ने कुरा जगजाहेर गर्नु भयो । मंगोल कलाकार भाई अर्जुन ग्याबा तामाङले सांगीतिक गीत र मंगोल चेली माङ्गेना राई र साथीहरुको बेजोड सांगीतिक नृत्य कोशेली साथै कमल र दमक क्षेत्रहरुबाट मंगोल समर्थकहरुको बाक्लो उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा विन्द्र कुमार राईले स्वागत मन्तव्य राखेका थिए भने एम. एन.ओ कमल गाउँ सभा सचिव विजय हाङ लिम्बूले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया